Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद विघटनबारे सुनुवाई गर्न गठित इजलासमा कानुन व्यवसायीले उठाए प्रश्न


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १० २०७७
  • 5.5K
    SHARES

काठमाडौं । संसद विघटनविरुद्धको रिटमाथि सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गठन गरेको संवैधानिक इजलासमा कानुन व्यवसायीले प्रश्न उठाएका छन् ।

प्रधानन्यायाधीश जबराले संवैधानिक इजलासमा वरिष्ठता छलेर आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको पूर्ण इजलास गठन गरेका थिए ।

तर न्यायाधीश कार्की विगतमा तत्कालिन एमाले नेतृत्वको सरकार रहेका बेला महान्यायाधिवक्ता रहेकाले अहिले नेपाल कम्युनिस्ट पार्टी सवद्ध रिटमा स्वार्थ बाझिने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कार्कीलाई इजलासमा नराख्न आग्रह गरे ।

आफूले प्रधानन्यायाधीश जबरालाई नै भेटेर सो बारे जानकारी गराएको पनि त्रिपाठीले बताए । ‘उहाँको क्षमतामा विश्वास छ, तर उहाँ यो बेन्चमा बस्नु उपयुक्त हुँदैन, स्वार्थ  बाझिन्छ’ उनले भने ।

‘तर उहाँले तपाईले भनिहाल्नुभो, मान्ने नमान्ने मेरो कुरा हो, म मान्दिन भन्नुभयो’ प्रधानन्यायाधीशसँग भएको संवाद त्रिपाठीले सुनाए ।

यसअघि संवैधानिक इजलासमा प्रधानन्यायाधीश र वरिष्ठताका आधारमा चार जना न्यायाधीश रहने गरेकामा शुक्रबार संसद विघटनविरुद्धको रिटमाथि सुनुवाई गर्न वरिष्ठम न्यायाधीशहरु दीपककुमार कार्की र मीरा खड्कालाई समावेश गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४