Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रभु बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बनिसक्नुपर्ने !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ९ २०७७
  • 6.2K
    SHARES

प्रभु बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बनिसक्नुपर्ने छ । लाभांश सुरक्षित गर्ने आज (पुस ९ गते बिहीबार ) अन्तिम दिन हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्न तथा साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि बुक क्लोज गर्दैछ  ।

 सोही अनुसार बिहीबारसम्म कायम सेयरधनीले मात्रै बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्नको लागि पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ  रहेको छ । बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैंया पुग्नेछ । प्रभुको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३० पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४