काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षका केन्द्रीय समिति समिति बैठक बिहीबार बस्दैछ । ओली नेतृत्वको नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक थापाथलीस्थित कार्की बैंक्वेटमा बस्दैछ । ओली पक्षको दिउँसो १ बजे बस्नेछ भने प्रचण्ड–नेपाल पक्षको पनि १ बजे नै बस्नेछ । यसअघि सो पक्षको बैठक ११ बजे तय भएकोमा १ बजेका लागि सारिएको हो ।
मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक राखेका थिए । मंगलबारको बैठकमा ओली समूहले ११९९ सदस्यीय केन्द्रीय समिति विस्तार र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । सो पक्षले पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठलाई हटाउँदै प्रदीप ज्ञवालीलाई दिएको थियो ।
स्रोतका अनुसार आजको बैठकमा पार्टी निर्देशनविपरित गतिविधि गर्ने र निर्णयको पालना नगर्ने मुख्यमन्त्रीहरुमाथि एक्सन लिने सम्भावना छ ।