Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा दाङले भन्यो– ओलीमा दक्षिणपन्थी विचलन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ९ २०७७
  • 3.3K
    SHARES

  • खड्काद्वारा केन्द्रीय सदस्य पद अस्वीकार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलको गृह जिल्ला दाङको जिल्ला कमिटी नेतृत्वले प्रतिनिधि सभा विघटन गर्ने कदमको भत्र्सना गरेको छ ।

नेकपा दाङ इन्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टिकाराम खड्का र सचिव तुल्सीराम पुनले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीमा दक्षिणपन्थी विचलन आएको र प्रतिक्रियावादी शक्तिबाट परिचालित भएको आरोप लगाएको छ ।

प्रधानमन्त्री ओलीको कदमले कम्युनिष्ट आन्दोलनमाथि गद्दारी गरेको भन्दै यसविरुद्ध एकजुट हुन र पार्टी एकताबाट विचलित नहुन कार्यकर्तालाई अपील गरिएको छ ।

  • केन्द्रीय सदस्य पद अस्वीकार

यसैबीच जिल्ला अध्यक्ष टिकाराम खड्कालाई ओली समूहले केन्द्रीय सदस्यमा मनोनित गरेकोप्रति पनि खड्काले आपत्ति जनाएका छन् । पार्टी फुटाउने कुत्सित उद्देश्यले अल्पमत सदस्यहरुको बैठक बसेर आफूखुशी केन्द्रीय सदस्य मनोनित गरिएको भन्दै उनले उक्त पद अस्वीकार गरेको   जन न्युज नेपाल  खबरलाई बताए ।

‘म नेकपा दाङको जिल्ला अध्यक्ष हुँ, जसलाई जतिबेला मनलाग्यो उतिबेला बाँड्दै हिँड्ने सरकारी नियुक्ति जस्तो हो र कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य पद ?’   जन न्युज नेपाल खबरसँगको कुराकानीमा खड्काले भने, ‘सबैतिर अल्पमतमा परेपछि पार्टी फुटाउन बहुमत देखाउने नियतले गरिएको कथित केन्द्रीय सदस्य पद स्वीकार्ने सवालै हुन्न ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४