Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वाेच्चको इजलाशमा वरिष्ठ अधिवक्ताहरुको गर्जनः संविधानमा कहाँ छ संसद् विघटन गर्ने व्यवस्था ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ८ २०७७
  • 3.1K
    SHARES

काठमाडौं,/ प्रधानमन्त्री केपी अ‍ोलीले भंग गरेको प्रतिनिधि सभा ब्युँताउनुको विकल्प नरहेको भन्दै वरिष्ठ अधिवक्ताहरुले संविधानको कुन धाराले संसद विघटन गर्न सक्छ भन्ने प्रश्न गरेका छन् ।

राष्ट्रपतिमार्फत् गरिएको संसद् विघटनविरुद्ध परेका रिटहरुको प्रारम्भिक सुनुवाईका क्रममा अधिवक्ताहरूले प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक भएको जिकिर गरे ।

प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले संसद भंग गर्न गरेको निर्णय खारेज गर्नुपर्ने उनीहरुको माग थियो ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानको कुन धारालाई टेकेर संसद् विघटन भएको नखुलाइकनै राष्ट्रपतिले सरकारको सिफारिश स्वीकृत गरेकाल यो कदम स्वतः असंवैधानिक रहेको जिकिर गर्नुभयो ।

संसदले प्रधानमन्त्री दिन नसकेका अवस्थामा मात्र संसद विघटन हुनसक्ने भन्दै थापाले विघटनका कुनै पनि कानुनी आधार पूरा नभएकाले संसद् ज्यूँदै रहेकाले अदालतले पुष्टि गरिदिनुपर्ने बताउनुभयो ।

रिट निवेदक एवं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानले संसद् विघटनको कल्पनै नगरेको दलील पेश गर्दै राष्ट्रपतिको पत्र स्थगनकै आदेश दिइनुपर्ने माग गर्नुभएको थियो ।

अर्का वरिष्ठ अधिवक्ता हरिहर दाहालले सरकार र राष्ट्रपतिको कदमलाई रोक्न अन्तरिम आदेश दिँदै यसलाई पूर्ण इजलासमा बहसको लागि पठाउन इजलाशमा मुद्दा सुनुवाई गरिरहनुभएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग माग गर्नुभयो ।

गत आइतबार पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले संसद् विघटन गरेपछि यसको पक्ष विपक्षमा बहस शुरु भएका छन् र मुद्दा अदालतसम्म पुगेको छ ।

विद्वान अधिवक्ताहरुको भनाइ सुनिसकेपछि प्रधानन्यायाधीश राणाले सबै रिटलाई संवैधानिक इजलाशमा पठाउने निर्णय गर्नुभएको छ । अब शुक्रबार यसमाथि बहस हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४