काठमाडौं, / संसद विघटन विरुद्धको १२ वटै रिट संवैधानिक इजलासमा जाने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको एकल इजलासले सबै रिटहरु संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।
रिट निवेदकले अन्तरिम आदेश माग गरेपनि विपक्षीको समेत कुरा सुन्नु पर्ने भएकाले अहिले आदेश दिन उपयुक्त नहुने प्रधानन्यायाधीश जवराले बताउनुभएको थियो ।
सुनुवाईपछि प्रधानन्यायाधीश जवराले प्रतिनिधिसभा विघटन गर्ने संविधानमा एउटै धारा ७६ मात्रै रहेकाले त्यो कसरी गर्ने भन्नेबारे सर्वोच्च अदालतले निक्र्योल गर्ने बताउनुभयो । संवैधानिक इजलासमा पनि केही रिट निवेदन रहेको छ ।
संवैधानिक इजलासमा शुक्रबार यी रिट निवेदनमाथि बहस हुनेछ । बुधबारका लागि बहस सकिएको छ ।