Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केन्द्रीय सदस्यलाई प्रशिक्षण दिन ओली समूहले सातै प्रदेशमा नेताहरु खटायो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ८ २०७७
  • 2.3K
    SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले पार्टीको केन्द्रीय कमिटीमा मनोनित सदस्यलाई कार्यगत प्रशिक्षण दिन प्रत्येक प्रदेशमा नेताहरु खटाएको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार एक प्रदेशमा ४ जनासम्म नेतालाई प्रशिक्षणका लागि खटाइएको छ । जसअनुसार प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणि तथा र डा. शिवमाया तुम्बाहाङ्फे खटिएका छन् ।

प्रदेश २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो र बागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पदमा अर्याल खटिएका छन् ।

गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल, लुम्बिनी प्रदेशमा विष्णु पौडेल, शंकर पोखरेल, मणि तथा र गोमा देवकोटा प्रशिक्षणमा खटिएका छन् ।

त्यस्तै कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे प्रशिक्षणका लागि खटिने भएका छन् ।

ओली समूहको मंगलबार बसेको बैठकले ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ११९९ सदस्यीय बनाउने निर्णय गरेको थियो । नयाँ थपिएका केन्द्रीय कमिटी सदस्यलाई प्रदेशस्तरमै प्रशिक्षणका लागि नेताहरु चयन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४