Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कृषीक्रान्तिबाट समृद्धि खोज्दै गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग सुनुवार :


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ८ २०७७
  • 7.3K
    SHARES

  • २ हजार रोपनीमा किवी खेती विस्तार

रामेछापको गोकुलगंगा गाउँपालिकामा दुई हजार रोपनी बढी क्षेत्रफलमा अहिले किवी खेती विस्तार भएको छ । चारवटा व्यवसायीक नर्सरीको स्थापना भएका छन् । पालिकाभित्र आवश्यक सम्भाव्यता अध्ययन गरी चिया खेतीलाई पनि विस्तार गरिरहेकोे छ । कृषिबाटै समृद्धि खोज्नका लागि गाउँपालिका अध्यक्ष खड्ग सुनुवार आफै पनि व्यवसायीक कृषिमा संलग्न हुनुहुन्छ । अध्यक्ष सुनुवारले किवी तथा चियाको व्यवसायीक खेती सुरु गर्नुभएको छ । जसबाट उहाँले राम्रो आम्दानी लिइरहनु भएको छ । कृषी कर्म राम्रोसँग बुझेर व्यवसायी कृषिबाट लागेकाले यसबाट राम्रो आम्दानी भैरहेको अध्यक्ष सुनुवारले बताउनुभयो । गोकुलगंगा गाउँपालिकाको समृद्धि कृषि र जलविद्युतबाट सम्भव छ, जलविद्युतमा ठूलो लगानी आवश्यक पर्छ तर कृषी सानो लगानीबाट पनि सुरु गर्न सकिन्छ अध्यक्ष सुनुवारले बताउनु भयो ।

पर्याप्त पानीको स्रोत र उब्जाउयोग्य जमीन भएको सो गाउँपालिकामा व्यवसायीक फलफूल, तरकारी, आलु तथा नगदेवालीका साथै जडिबुटीको व्यवसायीक खेतीको राम्रो सम्भावना रहेको छ । यसैलाई ध्यानमा राखेर गाउँपालिकाले कृषि क्षेत्रको लागि बजेट पनि राम्रो विनियोजन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७⁄०७८ मा ७ करोड ५० लाख रुपैँया कृषि क्षेत्रमा अनुदानका लागि छुट्याएको छ । यसले कृषकालाई व्यवसायीक बन्न थप उत्साहित गरेको छ । हाल गाउँपालिकामा ३० वटा आधुनिक बाख्रापालन फार्म सञ्चालन भइरहेका छन् । आलुको पकेट क्षेत्र कार्यक्रम सुरु भइरहेको छ । लसुन, प्याज, विभिन्न जातका गेडागुडी तथा तरकारीको व्यवसायीक खेती सुरु भएको छ । गाउँपालिकाले कृषिमा समृद्धि खोज्नका लागि चौँरी पालन व्यवसायलाई पनि थप व्यवस्थित बनाउदै लगिएको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४