Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डले ओलीको गुन बिर्सिए : महेश बस्नेत


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 11.3K
    SHARES

जनकपुरधाम । नेकपाका नेता महेश बस्नेतले केपी शर्मा ओलीले गरेको योगदान प्रचण्डले बिर्सेको आरोप लगाएका छन् ।

मृत्युतुल्य भइसकेको तत्कालिन माओवादीलाई ओलीले उद्धार गरेको उनले जिकिर गरे । ‘माओवादी तहसनहस भइसकेको थियो । उसको जनमत छँदै थिएन । बढारिइसकेको थियो’ बस्नेतले भने, ‘यस्तो अवस्थामा आईसीयू र कोमामा हालेर अक्सिजन दिएर बचाइयो । तर, अहिले बचाउने केपी ओलीलाई नै घेराबन्दीमा राख्न खोजियो ।’

राष्ट्रिय युवा संघले मंगलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले घेराबन्दी गरेकै कारण बाध्य भएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै बचाऊ गरे । कार्यक्रममा युवा संघका नेता रमेश पौडेलले प्रचण्डलाई ठग र फटाहाको संज्ञा दिए । ‘उनी जहाँ गएपनि ठग्ने काम मात्रै गरेका छन्’ पौडेलले भने ‘यसबाहेक राष्ट्रिय एकता समेत बिथोल्ने काम गरेका छन् ।’ लिम्बुलाई लिम्बुबान, मधेशीलाई मधेश, थारुलाई थरुहट, नेवारलाई नेवा देखाउने प्रचण्डले राष्ट्रिय एकतालाई बिगारेको उनले आरोप लगाए ।

  • सहभागी सबैलाई खानाको व्यवस्था

कार्यक्रम गर्नुअघि मुजेलिया नजिकबाट केपी ओलीको समर्थनमा मोटरसाइकल र्‍याली निकालिएको थियो । नगरको विभिन्न भाग परिक्रमा गर्दै उद्योग वाणिज्य संघको सभाहलसम्म पुगेको मोटरसाइकल र्‍यालीपछि सभागीहरुलाई खाना खुवाइएको थियो । सहभागीका लागि मिथिला खानाको व्यवस्था गरिएको आयोजकका एक सदस्यले बताए । ‘दाल, भात, तरकारी, दुई वटा तरुवा, पापडको व्यवस्था गरिएको थियो’ उनले भने ।

सहभागीहरु खाना खाइसकेपछि औपचारिक कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४