Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँच महिनामा भित्रिए ६ हजार पर्यटक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 4.2K
    SHARES

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिना -साउन-मंसिर) सम्म ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले दिएको जानकारी अनुसार मंसिर महिनासम्म उक्त संख्यामा पर्यटक आएका हुन् ।

यस अवधिमा अमेरिकाबाट सर्वाधिक संख्यामा पर्यटक आएका छन् । ५ महिनामा अमेरिकाबाट १३१७ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । बेलायतबाट ९ सय १ जना पर्यटक नेपाल आएको तथ्यांक छ ।

चीनबाट ५ सय ७६ जना र भारतबाट ४३१ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ । टर्कीबाट ३०३ जना पर्यटक नेपाल आएका छन् । अष्ट्रेलियाबाट १ सय ३५ जना पर्यटक नेपाल आएका छन् ।

रसियाबाट १८०, फ्रान्सबाट १३५, जर्मनी र जापानबाट १ सय ८, जोर्डन र माल्दिभ्सबाट १०६, मेक्सिकोबाट ११२, पोर्चुगलबाट १ सय, श्रीलंकाबाट १०२ जना आएका छन् । संयुक्त राष्ट्रसंघीय निकायका ११५ जना कर्मचारी नेपाल आएको तथ्यांक रहेको छ ।

सरकारले अहिले जुनसुकै मुलुकबाट आउने पर्यटकका लागि समेत आगमन खुला गरेको छ । पछिल्लो समय भारतबाट समेत हवाई उडान सुचारु भएको छ ।

भारतबाट जहाज चढेर आउने भारतीय नागरिकलाई समेत पर्यटकका रुपमा गणना गरिन्छ । सोहीकारण आगामी दिनमा पर्यटक आगमन संख्या अझ बढ्ने देखिएको छ ।

५ महिनामा १लाख  ५४ हजार नेपाली घर आए

यो अवधिमा नेपालीको आगमन भने १ लाख ५४ हजार २२१ जना रहेको छ । नेपालबाट ७८२३४ जना नेपाली विदेश प्रस्थान गरेको तथ्यांक विभागको छ । यो अवधिमा ६१ हजार ३५१ पुरुष र १६ हजार ८७८ जना महिलाले नेपाल छाडेका छन् ।

त्रिभुवन विमानस्थलबाट ५ महिनामा नेपाली र विदेशी गरी कुल १ लाख ६० हजार ५ सय १ जना यात्रु नेपाल भित्रिएका छन् । यो अवधिमा सोही विमानस्थलबाट ८९ हजार ८ सय ९० जना यात्रु विदेश प्रस्थान गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४