Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बादल भेट्न दाहाल पुल्चोक पुगे


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 4.5K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री राम बहादुर थापा ‘बादल’ भेट्न मन्त्री क्वाटर पुल्चोक पुग्नुभएको छ ।

हिजो भएको दुई अध्यक्षको छुट्टाछुट्टै भेलामा बादल सहभागी नभएपछि आज अध्यक्ष दाहाल उहाँलाई भेट्न मन्त्री क्वाटर पुग्नु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दाहाल नेपाल समुहका सात मन्त्रीले सामुहिक राजिनामा दिएपनि बादलले राजिनामा दिनु भएको छैन् ।

तसर्थ बादलको साथ कसलाई हो भन्ने अझसम्म खुल्न सकेको छैन् । बादलले आफू निकट २४ सांसदलाई बोलाएर हिजो परामर्श गर्नुभएको थियो ।

अधिकांश सांसदले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताएाका थिए । आफू निकट सांसदपनि आफूसँग नभएपछि के गर्ने भन्ने अलमलमा बादल हुनुहुन्छ ।

बादल प्रधानमन्त्री ओलीको साथमा रहेको बताइन्छ । आज दुवै अध्यक्षले बेग्लाबेग्दै केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

पूर्व माओवादीसमेत रहेका बादलले कता साथ दिन्छन् बुझ्न दाहाल बादल भेट्न पुगेको स्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४