Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेयर बजारमा नाटकीय उतार-चढाव, दोधारमा लगानीकर्ता !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ६ २०७७
  • 4.8K
    SHARES

काठमाडौं । देशको राजनीतिमा हलचल भएको दोस्रो दिन सेयर बजारमा नाटकीय उचारचढाव देखियो । दिनभर तीव्र उतार-चढाव देखिएर बजार अन्नतः ३०.३३ अंक बढेरै बन्द भएको छ ।

आइतबार मन्त्रिपरिषद्का् सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विघटन गरेकी थिइन् । यो घटनापछि आइतबारको सेयर बजारमा ९६ अंकको पहिरो गयो ।

राजनीतिक सरगर्मी कायमै अवस्थामा सोमबारको सेयर बजारमा पनि निकै ठूलो असर पर्छ कि भन्ने आशंका धेरै लगानीकर्ता लाई थियो, तर परिदृश्य भने फरक देखियो ।

सोमबार विहान १ हजार ९ सय १९ अंकबाट सुरु भएको बजार १० मिनेट नबित्दै १ हजार ८ सय ७५ अंकमा झर्यो । त्यसपछि थोरै तलमाथि भइरहेको बजार ११ बजेर ४४ मिनेट गएपछि उकालो लाग्न सुरु भयो । १२ बजेर ८ मिनेट जादा त बजारले उच्च गति नै थियो । यतिबेलासम्म बजार घट्ने होइन्, उल्टै बढेर नेप्से परिसूचक १ हजार ९ सय ६५ दशमव ५५ अंकमा पुग्यो ।

त्यसपछि पनि बजारको तीव्र उतारचढाव रोकिएन । १२ बजेर ९मिनेट पछि पुनः ओरालो झर्ने क्रम सुरु भयो । १२ बजेर २३ मिनेटमा परिसूचक ठ्याक्कै १ हजार ९ मा झर्यो । त्यसको केही मिनेटमा फेरि उकालो लागेेको बजार १२ बजेर ४३ मिनेट जादा १ हजार ९ सय ३० अंकमा पुगेर त्यसपछि ओरालो लाग्न थाल्यो ।

त्यसपछि १ बज्न केही मिनेट बाँकी छँदा बजारले उकालो गति लियो । अन्ततः बजार ३० अंकले बढ्दै १९६५.९५ अंकमा पुगेर बन्द यो । यो नेप्समा १.५७ प्रतिशतको वृद्धि हो ।

‘लगानीकर्ता नै कन्फ्यूज’

सोमबारको बजारबारे लगानीकर्ता नै कन्फ्युज देखिएको सेयर विश्लेषक अनलराज भट्टराई बताउँछन् । लगानीकर्ताहरुमा द्विविधा देखिँदा बजारले एकै दिशा लिन नसकेको उनको बुझाइ छ । राजनीतिक घटना क्रमका कारण आइतबारको बजारमा भीषण पहिरो गएपनि सधै यस्तो भने नहुने उनी बताउँछन् ।

बजारले चाँडै सहि दिशा लिने उनको भनाइ छ । ‘लगानीकर्ताहरु नै द्विविधामा देखिदा बजारले सही दिशा लिन सकेन, घरि घट्न घरि बढ्ने क्रम देखियो’ उनले भने, ‘आइतबारको बजारमा असर देखिए पनि अब सँधै राजनीतिक कारणले बजारलाई ठूलो असर पर्दैन, ढुक्क भए हुन्छ ।’

आत्तिएर सस्तोमा सेयर बिक्री नगर्न उनको सुझाव पनि छ । ‘स्थिर सरकार बनेपछि बजार बढ्छ भनेको उल्टै १८ सय विन्दुमा रहेको नेप्से परिसूचकबाट १ हजारमा आएको थियो, पुँजीकरणमा पनि व्यापकै पहिरो आएको थियो’ भट्टराई भन्छन्, ‘अहिले बाहिर हल्ला गरे जस्तो हुँदैन, बरु लगानीकर्ताहरु सेयर बिक्री गर्न हडबडाउनु चाहिँ भएन ।’ अब बजार घट्ने भनेको आर्थिक कारणले भएको भट्टराईको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४