Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केपी ओली एमालेबाट चुनाव लड्छन् कि नेकपाबाट ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ६ २०७७
  • 5.1K
    SHARES

काठमाडौं । संविधानविपरीत संसद भंग गर्ने र मध्यावधि निर्वाचनमा जाने निर्णय लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान बालुवाटारमा आफूनिकटका सांसदहरुको भेलामा कार्यकारी अध्यक्ष प्रचण्डमाथि प्रश्न गरे– एमालेको अध्यक्षलाई कारवाही गर्ने ?

प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमपछि अब उनले पूर्वएमालेलाई ब्युँताउने सम्भावना बढेको छ । बालुवाटारको उनको अभिव्यक्तिले पनि एमाले ब्युँतिने संकेत गरेको छ । विगतमा सीपी मैनालीले नेकपा माले ब्यूँताएजस्तै अब ओलीले एमालेको पुनर्जन्म गराउने सम्भावना बढेको हो ।

ओलीनिकट केही कार्यकर्ताहरुले यस अगाडि नै निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरिसकेका छन् । ओलीकै निर्देशनमा नै दर्ता भएको भनिएको नयाँ एमालेले सूर्य चिन्ह पाउने सम्भावना छैन ।

यो स्थितिमा अब ओलीले नेकपाको नामबाट नभएर नेकपा एमालेकै नामबाट निर्वाचन लड्ने सम्भावना बढी रहेको नेताहरु बताउँछन् । यद्यपि नेकपाले पाएको सूर्यचिन्ह चाहिँ ओलीले प्राप्त गर्न गाह्रो देखिन्छ । किनभने, पार्टीको बहुमत हिस्सा ओलीसँग रहने छैन र प्रचण्ड–माधव समूहसँगै रहनेछ । यद्यपि निर्वाचन आयोगलाई दबाव र प्रभावमा पारेर ओलीले सूर्य चिह्न लिने कोसिस भने गर्न सक्ने नेताहरु बताउँछन् ।

२०७४ सालको निर्वाचनमा ओलीले राजनीतिक स्थिरता र समृद्धिको नारामा भोट मागेका थिए । २०७२ को भारतीय नाकाबन्दीमा ओलीले लिएको दृढ अडानका निर्वाचनमा एमाले सबैभन्दा ठूलो दलको रुपमा उदाएको थियो । त्यही म्यान्डेटको जगमा ओली प्रधानमन्त्री भए । तर, पाँच वर्षे कार्यकाल पूरा हुन नपाउँदै उनले संसद भंगको घोषणा गरेका छन् ।

अब ओली के नारा र एजेण्डा लिएर निर्वाचनमा जालान् ? उनको आफ्नो कदमको कसरी बचाऊ गर्लान् ? संसद विघटनको औचित्य सावित गर्न उनलाई निकै कठिन पर्ने देखिन्छ ।

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल भने अब केपी ओलीमाथि अनुशासनको कारवाही हुने बताउँछन् । ओली कम्युनिस्ट पार्टीको साधारण सदस्यसमेत रहन अयोग्य देखिएको नेता नेपालको तर्क छ ।

कारवाही परेको व्यक्तिले पूर्वएमाले ब्युँताएर केही पार नलाग्ने नेता नेपालको भनाइ छ । , ‘विघटित भइसकेको पार्टी ब्युँतिने कुनै सम्भावना नै हुँदैन । त्यसोभए त्योभन्दा पहिलेको मालेलाई ब्युँताइदिए के हुन्छ ? त्योभन्दा पहिले कोर्डिनेशन केन्द्रलाई ब्युँताइदिए के होला ? त्योभन्दा पहिले झापा जिल्ला कमिटीलाई ब्युँताइदिए के होला भन्नुहोला, त्यसको कुनै अर्थ छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४