Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले देशद्रोह गर्नुभयो, कानुनअनुसार कारबाही गर्नुपर्छ : ओमप्रकाश अर्याल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ५ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले संसद विघटन सिफारिस गरेर संविधानमाथि आक्रमण गरेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यविरुद्धको अपराधमा कारबाही गर्नुपर्ने बताएका छन् ।

मन्त्रिपरिषदले संसद विघटनको सिफारिस गरेपछि प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीका कारण संविधान क्षतविक्षत भएको, संविधान र राष्ट्र नै असुरक्षित भएको भन्दै उनलाई देशद्रोहको आरोपमा कारबाही गनुपर्ने बताएका हुन् । ।

‘प्रधानमन्त्रीले जे कदम उठाउनुभयो, राज्यविरुद्धको अपराध हो, राज्यविरुद्धको अपराध भनेको राजनीतिक आक्षेप मात्र होइन, कानुनी कुरा पनि हो, त्यसैले उहाँलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ’ उनले भने ।

प्रधानमन्त्रीले गरेको संसद विघटनको निर्णय स्वीकृत भए पनि नभए पनि अब प्रधानमन्त्रीलाई देशद्रोहीको रुपमा कारबाही गर्नुपर्ने अधिवक्ता अर्यालको भनाइ छ । ‘अहिले नै करेक्सन भयो भने पनि उहाँलाई राज्यविरुद्धको अपराधमा कारबाही गर्नुपर्छ । यस्ता मान्छेलाई सजाय गरिएन भने भविष्यमा यस्ता मान्छे दोहोरिरहन्छन् नि’ उनले भने ।

प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गर्न नहुने भन्दै उनले स्वीकृत गरेमा राष्ट्रपतिविरुद्ध पनि कानुनी कारबाही गर्नुपर्ने अर्यालले बताए । ‘राष्ट्रपतिले गल्ती गर्नुभयो भने उहाँ पनि कसुरदार बन्नुभयो । उहाँलाई पनि महाभियोग लगाउनुपर्छ । किनभने उहाँको गतिविधि पनि संविधानमाथि आक्रमण गर्ने खालकै छन्’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४