काठमाडाैं, ५ पुष । नेपाल कम्युनिस्ट पाटी मसालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गम्भीर गल्ती तथा अप्रजातान्त्रिक कदम रहेको औलाएको छ ।
नेकपा मसालले एक विज्ञप्ति निकाल्दै सो कुरा औल्याउदै कडा आपती जनाएको हो । प्रधानमन्त्री केपी ओलीले आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद विघटनको सिफारिस गर्नुभएको थियो ।
उक्त कदमलाई नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले असंवैधानिक कदमको संज्ञा दिनुभएको छ । उहाँले यस कदमको विरुद्ध सहकार्यका निम्ति सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुलाई आह्वान पनि गर्नुभएको छ ।
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीपरिषद्धारा प्रतिनिधि सभालाई विघटन गर्ने र त्यसकालागि राष्ट्रिपतिलाई सिफारिस गर्ने जुन निर्णय गरेको छ त्यसलाई नेकपा मसालले गम्भीर गलती र अप्रजातान्त्रिक कदम ठान्दछ र त्यसको कडा शव्दमा विरोध र भ्रत्सना गर्दछ ।’
राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले उक्त कदम असंवैधानिक कदमको संज्ञा दिनुभएको छ । उहाँले यस कदमको विरुद्ध सहकार्यका निम्ति सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुलाई आह्वान पनि गर्नुभएको छ ।
नेता शर्माले शासन प्रणाली विधि सम्मत नभई व्यक्तबादी चरित्र र अमर्यादित बनेको प्रति चिन्ता व्यक्त गर्दै गलती र कमजोरी सच्याउन आग्रह गर्नु भयो ।
उहाँले यो कदमको विरोधका लागि सहकार्य गर्न नेकपाका लोकतान्त्रिक पक्षधर, अन्य राजनीतिक र वैकल्पिक राजनीतिक शक्तिलाई आह्वान गर्नुभएको छ