Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शीतलनिवासबाट फिर्ता, अध्यक्ष प्रचण्ड अन्य नेतासहित बालुवाटार जाने तयारीमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ५ २०७७
  • 5K
    SHARES

काठमाडौं, पुस ५ गते । प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवासबाट फर्किनुभएको छ । मन्त्रिपरिषदको बैठकपछि संसद विघटनको सिफारिस लिएर शीतलनिवास पुग्नुभएका प्रधानमन्त्री ओली बालुवाटार फर्किनुभएको उहाँको सचिवालयले जानकारी गराएको छ ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार प्रधानमन्त्री ओली भर्खर शीतलनिवासबाट बालुवाटार फर्किनुभएको हो ।

उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जम्मा भएर प्रधानमन्त्रीको पछिल्लो कदमप्रति छलफल गर्नुभएको छ । खुमलटारमा बिहान बसेका नेताहरुले प्रधानमन्त्रीको कदमपछि देखिएको समस्याबारे परामर्श गर्नुभएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी गराउनुभयो ।

बैठकमा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतको सहभागिता रहेको प्रेस सल्लाहकार सापकोटाले बताउनुभयो । आज १ बजेकालागि बोलाइएको स्थायी कमिटी बैठक भने अन्येलमा परेको नेताहरुले बताउनुभएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक बस्ने नबस्ने अन्येलमा रहे पनि अध्यक्ष प्रचण्डसहितका नेताहरु प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार जाँदै हुनुहुन्छ । यसअघि बिहान बालुवाटार पुग्नुभएका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीलाई नभेटेरै फर्किनुभएको थियो । सापकोटाका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँगको परामर्शपछि मात्रै बैठक बस्ने नबस्ने टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४