Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कहिलेदेखि खुल्छ लाइसेन्सको लिखित परीक्षा र ट्रायल ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ४ २०७७
  • 7.2K
    SHARES

काठमाडौं । सवारी लाइसेन्सका लागि लिखित परीक्षा र ट्रायल नौ महिनादेखि ठप्प छ । कोरोना भाइरस (कोभिड-१९) को महामारीसँगै प्रदेशहरुले आफ्नो यातायात कार्यालयमार्फत नयाँ लाइसेन्स वितरण गरेका छैनन् ।

नयाँ लाइसेन्स लिने वा वर्ग थप गर्न चाहनेहरुको संख्या उल्लेख्य छ । तर सवारी लाइसेन्स कहिलेबाट खुल्छ भन्ने एकन नभएको यातायात व्यवस्था विभागले बताएको छ ।

विभागका माहनिर्देशक गोगनबहादुर हमाल सवारी लाइसेन्स परीक्षा खुलाउन आग्रह आउन थालेको बताए । अहिलेसम्म सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र प्रदेश २ ले लाइसेन्सको परीक्षा र ट्रायल खुला गर्न प्रणालीमा पहुँच माग्दै पत्राचार गरेको भन्दै उनले भने, ‘हामी अरु प्रदेशको पनि पत्र कुरिरहेका छौं । बागमती प्रदेशबाट पनि एक-दुई दिनभित्रै पत्र प्राप्त हुने जानकारीमा आएको छ ।’

हमालका अनुसार सबै प्रदशेबाट लाइसेन्सको परीक्षा खुलाउने निर्णय गरेको जानकारी आएपछि संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जानकारी गराइनेछ । त्यसपछि मन्त्रालयले दिने निर्देशन अनुसार जनस्वास्थ्य मापदण्डलाई ध्यान दिँदै लाइसेन्सको परीक्षा खुला गर्ने निर्णय हुनेछ ।

नयाँ लाइसेन्स र वर्ग थप्ने प्रक्रिया खुला नगरेपनि नवीकरणको काम भने गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४