Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्कली आईडी बनाएर ७० लाख बार्गेनिङ गर्ने प्रेमी !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ४ २०७७
  • 7.1K
    SHARES

काठमाडौं । काठमाडौंकी २४ वर्षीया महालक्ष्मी (परिवर्तित नाम) सम्पन्न परिवारको सदस्य हुन् । डेढ वर्षअघि बुढानीलकण्ठका ३३ वर्षीय सुमन रेग्मीसँग भएको उनको चिनजान सामाजिक सञ्जालबाट झागिँदै गएर प्रेम सम्बन्धमा परिणत भएको थियो ।

राजधानीका डान्स क्लब र बार धाउनेदेखि घुम्न जाने कुरा सामान्य भइसकेका थिए । त्यहीबीच दुई महालक्ष्मी र रेग्मीबीच शारीरिक सम्बन्ध पनि भयो । निकटता बढेसँगै महालक्ष्मीको परिवारको सम्पत्तिमा रेग्मीको नजर पर्‍यो । युवतीबाट पैसा हात पार्न सके मालमाल हुने लोभमा उनी अपराध गर्न पनि पछि परेनन्, जसले रेग्मीलाई अहिले प्रहरी हिरासतमा पुर्‍याएको छ । साइबर ब्युरोका अनुसन्धान अधिकृतका अनुसार युवतीको आर्थिक अवस्थासँग जानकार भएपछि उनले शारीरिक सम्बन्ध राखेका बेलाका अन्तरंग तस्वीर र भिडियो खिच्न थालेको पाइएको छ ।

सुरुमा महालक्ष्मीले इन्कार नगरेकी पनि होइनन् । तर, रेग्मीको जिद्दीका अगाडि उनको केही सीप चलेको थिएन । अन्तरंग तस्वीर खिचेको केही समयपछि युवतीले सोच्नै नसोचेको कुराको सामना गर्नुपर्‍यो । महालक्ष्मीका अनुसार एउटा अपरिचित आईडीबाट आएको ‘म्यासेज रिक्वेस्ट’ खोलेर हेर्दा ब्वाइफ्रेण्डसँगको नग्न तस्वीर र भिडियो देखियो । त्यसपछि छाँगाबाट खसेझैँ भएकी उनले आफूले सबैभन्दा बढी विश्वास गर्ने गरेको प्रेमी रेग्मीलाई नै यो खबर सुनाइन् । रेग्मीले कसरी तस्वीर र भिडियो तेस्रो व्यक्तिसँग पुग्ने भनेर अनविज्ञता जनाए । महालक्ष्मीले पनि प्रेमीले नै त्यसो गर्लान् भन्ने कल्पनासमेत गरेकी थिइनन् । नयाँ आईडीबाट महालक्ष्मीलाई ब्ल्याकमेल भइरहेकै बेला रेग्मीले सामाजिक सञ्जालबाटै चौथी व्यक्तिसँग परिचय गराए ।

ती व्यक्तिले ७० लाख दिए भिडियो, तस्वीर हटाउन र पीडकलाई पक्राउ गराउनसमेत सहयोग गर्ने रेग्मीले बताए । लामो कुराकानीपछि युवती रकम दिन राजी पनि भइन् तर, पटकपटक गरेर दिने प्रस्ताव राखिन् । सुरुवातमा २ लाख ४५ हजार रुपैयाँ ती व्यक्तिले भनेकै खातामा पठाइदिएको अनुसन्धानबाट खुलेको छ । दोस्रो चरणमा ६ लाख ४५ हजार रुपैयाँ दिने निर्णय भएको थियो तर, त्यसबीचमा उनले चौथो व्यक्तिसँग भेट गरेर कुरा गर्न प्रस्ताव राखेकी थिइन् । तर, पटकपटक इन्कार भइराखेको थियो । चौथो व्यक्तिसँग कुराकानी भइरहेका बेला भिडियो, तस्वीर पठाउने आईडी पनि निष्क्रिय थियो । त्यसले उनलाई शंका जगाएपछि ब्वाइफ्रेण्ड रेग्मीसँग पनि दूरी बढाउन थालिन् । त्यहीपछि परिवारका एक जना सदस्यलाई सबै कुरा बताएर उनी साइबर ब्युरोको शरणमा पुगेको पाइएको छ ।

यो पनि पढ्नुहोस :-सहमतिमा ‘न्यूड’ फोटो सुट, भाइरल भएपछि आपत !

  • इमेलका कारण समातिए प्रेमी !

ब्युरोमा जाहेरी परेसँगै गोप्यरुपमा प्राविधिक अनुसन्धान सुरु भयो । एसएसपी नविन्द अर्यालका अनुसार दुवै आईडीमा प्रयोग भएका इमेलका आधारमा अनुसन्धान भइरहेको थियो ।‘यस किसिमका थुप्रै घटनामा प्रेमीकै संलग्नता देखिएको उदाहरणहरु छन्, त्यसैले रेग्मीतर्फ पनि शंका गरिरहेका थियौं’, अर्यालले जन न्युज नेपाल खबरसँग भने, ‘नभन्दै एउटा इमेलमार्फत गरिएको अनुसन्धान रेग्मीको अफिसमा जोडियो ।’

त्यही क्लूबाट घटनामा रेग्मीको संलग्नता पुष्टि गर्न प्रहरीलाई सहज भयो । र, शुक्रबार उनी थापाथलीबाट पक्राउ गरेका छन् । प्रहरी हिरासतमा पुगेपछि उनले प्रारम्भिक बयानमा कसूरसमेत स्वीकारेका छन् ।साइबर अपराध सम्बन्धी कसूरमा उनीमाथि ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको अर्याल बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४