शुक्रबार श्रीराम चिनी उद्योगले १६ करोड ४४ लाख रकम ५५ सय किसानको खातामा हालिदिएको जानकारी आएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए । ‘चिनी उद्योगीले क्रमशः सबै किसानको खातामा बक्यौता रकम हालिदिने बताएको छ,’ उनले भने, ‘हामीले निगरानी गरिरहेका छौं ।’
किसानले आफूहरुको ४१ करोड बक्यौता बाँकी रहेको र उद्योगले ३५ करोड दिन मात्रै बाँकी रहेको बताइरहेको जनाउँदै डिआइजी सिंहले सम्पूर्ण हिसाब फर्छ्योट नभएसम्म आफूहरुले निगरानी गरिराख्ने बताए ।
- अन्नपूर्णका सन्चालकको खोजी भइरहेको छ’
डिआइजी सिंहले सर्लाहीस्थित अन्नपूर्ण चिनी उद्योगका संचालक राकेश अग्रवालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएकाले उनको खोजी पनि शुरु गरिसकिएको बताए । ‘हामीले उनको खोजी तदारुकताका साथ गरिरहेका छौं,’ उनले भने ।
उखु किसानको १७ करोड राकेश अग्रवाललाई तिर्न बाँकी छ । किसानले गत बुधबार जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा जाहेरी दिएपछि अग्रवालविरुद्ध पक्राउ पूर्जी आदेश जारी गरिएको छ ।
