Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बंगलादेशको मल पुस तेस्रो साता नेपाल आइपुग्ने संकेत !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ३ २०७७
  • 7.8K
    SHARES

काठमाडौं । सरकारले बंगालदेशसंग खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल पुस तेस्रो साता आइपुग्ने भएको छ ।

सरकारको स्वीकृतिपछि मल लिन बंगलादेश गएको कृषि सामाग्री कम्पनीको टोलीले बिहीबार मल किन्ने सम्झौता गरेको थियो । मल ल्याउन ठेक्का पाइसकेको कम्पनीले आगामी साता एलसी (प्रतीतपत्र) खोल्ने र एलसी खोलेको दुई सातापछि मल नेपाल ल्याउन सुरु गर्ने कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । ‘बंगलादेश गएको टोली शनिबार फर्केलगत्तै एलसीको प्रक्रिया थालिनेछ ढिलोमा पुस २१ सम्म छिटोमा १५ गतेसम्म मल आउन सुरु गर्छ,’ केसीले भने । ढुवानी सुरु भएको एक सातामा सबै मल नेपाल भित्रिने पनि उनले बताए । मल ल्याउन जेएन ट्रेड (यूएई)सँग ठेक्का सम्झौता भएको छ । उक्त कम्पनीले रेलमार्गबाट वीरगञ्ज, विराटनगर र भैरहवामा मल ल्याउने कृषि सामाग्री कम्पनीले जनाएको छ ।

बंगालदेशबाट मल ल्याएपछि चैते धानदेखि मकैबालीसम्मका लागि अभाव नहुने कम्पनीले जनाएको छ । थप मल ल्याउन पनि ठेक्का लगाइसकेकाले आउँदो वर्ष नेपालमा मल अभाव नहुने कम्पनीको दाबी छ । बंगलादेशसँग सरकार–सरकारबीचको सम्झौता (जीटुजी) प्रक्रियाबाट मल खरिद गर्न कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच बिहीबार सम्झौता भएको थियो । प्रतिटन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको हो । जीटूजीमार्फत मल ल्याउन कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४