Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अध्यादेशबारे मौन रहँदै मन्त्रिपरिषद बैठक सकियो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २ २०७७
  • 5K
    SHARES

काठमाडौं । भर्खरै सकिएको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे मौनता प्रकट गरेको छ । अध्यादेशबारे मौन रहँदै विहीबारको नियमित बैठक भर्खरै सकिएको छ । साँझ ६ बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले अध्यादेशबारे केही पनि छलफल नगरेको एक मन्त्रीले जन न्युज नेपाल खबरलाई जानकारी दिए । उनले भने, ‘आज विहीबार नियमित साप्ताहिक बैठक बसेको हो, बैठकमा अध्यादेशबारे कुनै छलफल भएन ।’

प्रधानमन्त्रीले मुख्यसचिवलाई ल बैठक सुरु गर्नोस् भनेपछि बैठक नियमित एजेण्डाहरुमा प्रवेश गरेको थियो । स्रोतका अनुसार राजनीतिक परिस्थितबारे प्रधानमन्त्रीले मन्त्रीहरुलाई केही पनि बि्रफिङ गरेनन् । करिब एक घण्टासम्म बसेको बैठन साँझ ७ बजे सकिएको थियो । विवादित अध्यादेशबारे व्यंग्य गर्दै एक मन्त्रीले भने, त्यो अध्यादेश क्याबिनेटले ल्याएको पनि होइन, आज यसबारे कुनै चर्चासम्म भएन ।’

सरकारले मन्त्रिपरिषद बैठकको हवाला दिँदै जारी गरेको अध्यादेश फिर्ता लिने प्रधानमन्त्री ओलीले बुधबारको नेकपा स्थायी कमिटी बैठकमा जनाएका थिए । तर, बिहीबार पुन परिषदको बैठक डाकिएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग आपत्ति जनाएपछि परिषदको बैठक रोकिएको थियो ।

प्रचण्डले आजैको क्याबिनेटबाट अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । प्रधानमन्त्री ओलीले चाहिँ अध्यादेश फिर्ता लिन आनाकानी गर्दै राष्ट्रपतिलाई भेटेपछि मात्रै लिऔंला भन्ने जवाफ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४