Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अध्यादेशपछि काँग्रेसले बोलायो आकस्मिक बैठक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ३० २०७७
  • 4.8K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पूर्व तथा वर्तमान पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको उपसभापति विमलेन्द्र निधिले जन न्युज नेपाल खबरलाई जानकारी दिए ।

उनका अनुसार भोलि (बुधबार) दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीकण्ठमा बैठक बोलाइएको छ । उपसभापति निधिले भने, ‘आज अचानक आएक‍ो संवैधानिक परिषद सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो। संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण हो।  यो अध्यादेश स्वीकार्य हुँदैन । यस विषयमा भोलिको बैठकमा छलफल हुन्छ ।’

अध्यादेशका सन्दर्भमा काँग्रेसको पूर्ववत निर्णय कायमै रहेका पदाधिकारी बैठकले पछिल्लो अध्यादेशबारे संस्थागत निर्णय लिने उनको भनाइ छ । ‘सरकारले यसअघि पनि दल विभाजनलाई सहज बनाउने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसबेला हाम्रो केन्द्रीय कार्यसमितिले विरोध गरेको छ । यो पूर्ववत निर्णय कायमै छ । यसमा स्थागत निर्णय गरिन्छ’ उपसभापति निधिले भने ।
 
संवैधानिक परिषदमा सामान्य बहुमतले निर्णय गर्न खोज्नु संविधानको मर्म विपरीत भएको उनको भनाइ छ । ‘सभामुखले पुस १८ अगाडि संसद बोलाउनुपर्छ भनिरहेका बेला सामान्य बहुमतबाट निर्णय गर्नसक्ने गरी अध्यादेश ल्याउनु भनेको एकलौटी गर्न खोजेको हो । यो काँग्रेसलाई मान्य हुँदैन’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४