Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजीनामा दिन अस्वीकार गरेका गुरुङ भन्छन् : भिन्न मत राख्नेलाई निषेध गर्न खोजियो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ३० २०७७
  • 6.2K
    SHARES

 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद झनै चर्किएर गएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरिएको छ ।

मंसिर २८ को स्थायी कमिटी बैठकलगत्तै ओलीले राजीनामा मागेपछि प्रमुख सचेतक गुरुङले यसलाई पार्टीमा सर्वसत्तावादी प्रवृत्तिका रुपमा टिप्पणी गरेका छन् । ‘मैले पार्टीको संगठनात्मक विषयमा बोल्ने गरेको छैन । सधैं राजनीतिक तथा वैचारिक विषयमा बोलेको छु’ उनले भने ।

पार्टी कमिटीको निर्णयले मात्रै कसैको जिम्मेवारी हेरफेर हुनसक्ने गुरुङले    जन न्युज नेपाल खबरसँग बताए ।

नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले आफ्नो विरुद्धको गुट गतिविधिमा लागेको भन्दै गुरुङको राजीनामा मागेका छन् । तर कुनै व्यक्तिको चाहना र इच्छाका आधारमा लेनदेन गर्ने विषय नभएको प्रमुख सचेतक गुरुङ बताउँछन् ।

उनले भने, ‘पार्टी भनेको संस्था हो, त्यहाँ सामूहिक प्रणाली हुन्छ । पार्टी कमिटीको प्रणालीअनुसार, कसले कुन जिम्मेवारी लिने भन्ने कुरा विधि र पद्धति अनुसार हुने भन्ने तय हुन्छ । जोकोहीको जिम्मेवारीमा फेरबदल भइरहन्छ ।’

वैचारिक तथा राजनीतिक विषयमा भिन्न मत राखेकै आधारमा निषेध गर्ने प्रवृत्ति पार्टीमा देखिएको उनी बताउँछन् । ‘कमिटीको संगठनात्मक निर्णयअनुसार पार्टी चल्नुपर्छ, नेताहरुबीच आपसी समन्वयमा त्यो काम हुनुपर्छ’ गुरुङ भन्छन् । तर, एकाधिकारवादी चिन्तन त्याग्नुपर्ने उनको तर्क छ ।

अहिले पार्टीमा भइरहेको निषेधको प्रवृत्तिले विचार र लाइनको बारेमा समेत बोल्न नमिल्ने अवस्था आएको निष्कर्ष उनको छ । तर, पार्टीलाई लोकतान्त्रिक बनाउने, विधि र पद्धतिका आधारमा चलाउनेबारे बहस हुनुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४