Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना कोषबाट ५ महिनामा १ अर्ब ४० करोड खर्च, साढे ३८ करोड मौज्दात


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ३० २०७७
  • 8.6K
    SHARES

काठमाडौं । कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा साढे १ अर्ब रुपैयाँ खर्च भएको छ ।

महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को मंसिर १५ सम्म कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट १ अर्ब ४० करोड ३७ लाख रुपैयाँ खर्च भएको छ ।

यो वर्ष कोषमा आम्दानी भने न्यून छ । ५ महिनामा कोषका लागि ४३ करोड २३ लाख ४८ हजार रुपैयाँ आम्दानी भएको छ । कोषमा आर्थिक वर्ष २०७६/७७ बाट १ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ चालु आर्थिक वर्षका लागि आएको थियो ।

यो वर्ष कोषबाट १ अर्ब ४० करोड रुपैयाँ खर्च भएसँगै अब भने कोषमा मात्र ३८ करोड ४४ लाख ७८ हजार रुपैयाँ बाँकी रहेको महालेखाको तथ्यांकमा उल्लेख छ ।

सरकारले गत चैतमा यो कोष खोली रकम जम्मा गर्न आहृवान गरेको थियो । कोषमा अधिकांश सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाबाट रकम सहयोग भएको छ ।

केमा भइरहेको छ खर्च ?

महालेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्ष संचालक समितिका कुल चार वटा बैठकबाट कोरोना कोषको रकम उपयोग गर्ने निर्णय भएको छ । त्यसबाट विभिन्न अस्पतालहरुमा पूर्वाधार थप तथा उपकरण खरीदमा रकम निकासा गर्ने निर्णय भएको छ ।

क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनमा समेत कोषबाट रकम खर्च भएको छ । संचालक समितिको पछिल्लो बैठक २३ कात्तिकमा बसेको थियो ।

उक्त बैठकले आयुर्वेद चिकित्सालय नरदेविलाई एक करोड रुपैयाँ दिएको थियो । एपीएफ अस्पतालका लागि २५ लाख र धादिङ हस्पतालमा पिसिआर मेसिन संचालन गर्न १ करोड रुपैयाँ निकासा दिने निर्णय गरेको थियो ।

सोही बैठकले अब कोषमा रकम अपर्याप्त हुँदै गएको भन्दै प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा रहेको रकमबाट १ अर्ब रुपैयाँ उपलब्ध गराउन माग गर्ने निर्णय गरेको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार सो निर्णय कार्यान्वयनमा भने गइसकेको छैन ।

कोरोना कोषको रकम (रुपैयाँ)
गत आवबाट चालु आवमा सरेको : १३५५९१५२०९
चालु आवको आम्दानी  : ४३२३४८११४
कुल आम्दानी  : १७८८२६३३२४
चालु आवको खर्च : १४०३७८४९००
बाँकी : ३८४४७८४२४

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४