Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

११ हजारले लिए कोरोना बिमाको दावी भुक्तानी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ३० २०७७
  • 4.8K
    SHARES

काठमाडौं । कोरोना बिमा गरेर ११ हजार भन्दा धेरै संक्रमित बिमा दावी भुक्तानी पाएका छन् । भुक्तानी रकम एक अर्ब रुपैयाँ नाघेको छ ।

सोमबारसम्म ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

कार्यकारी निर्देशक पौडेलका अनुसार पछिल्ला केही दिनयता भुक्तानीको दर निकै बढेको छ । मंगलबारमात्रै १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा रहेका छन् ।

उनका अनुसार पूर्ण कागजातसहित दावी पेश गर्नेहरुको संख्या सोमबारसम्म २१ हजार ४२ जना रहेको छ । यसमा ११ हजार १ सय ५४ जनाले पाइसकेको र १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा रहेका छन् ।

यसैगरी निजी प्रयोगशालाहरुमा गरिएका परीक्षण रिपोर्टको भेरिफिकेसनका लागि इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा ३ हजार ६ सय ३९ वटा फाइल पुगेका छन् । ईडीसीडीमा ५ हजार ६ सय ६ वटा फाइल पुगेकोमा २ हजार ४ सय ९३ जनाको फाइल स्वीकृत भएर आइसकेको उनले जानकारी दिए ।

मंगलबार थप ४ सय ५५ जनाको फाइल भेरिफिकेसनका लागि पठाउने तयारी गरिएको छ । १ हजार ५ सय ७१ जनाको कागजात पूरा नभएको तथा नाम नमिलेको लगायतका समस्या देखिएका बिमा समितिले जनाएको छ । ती फाइलहरु सम्बन्धित कम्पनीमा नै फिर्ता पठाइएको छ । ३४ जनाको फाइल भने दावी भुक्तानी दिन नमिल्ने भएको छ । यसमा दोहोरो दावी पेशलगायतका समस्याहरु देखिएका छन् ।

सामान्यतया महामारी र युद्धको बिमा नहुने विश्वव्यापी प्रचलन छ । तर यो प्रचलनलाई बेवास्ता गर्दै नेपालमा शुरु गरिएको कोरोना बिमा पोलिसीका कारण बिमा कम्पनीहरुले निकै आलोचना खेपिरहेका छन् ।

संक्रमण पुष्टि भएसँगै १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ पाउने गरी २ वटा पोलिसी बिक्री गरेका कम्पनीहरुले भुक्तानीमा आनाकानी गर्दै आएका छन् । त्यसपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिए ।

त्यो निर्देशन पनि बिमा कम्पनीहरुले कार्यान्वयन गरेनन् । त्यसपछि पुनः तीन दिनभित्रै भुक्तानी दिन अर्थमन्त्रालयले अर्को निर्देशन दिएको थियो । मन्त्रालयको दोस्रो निर्देशन पछि पनि कम्पनीले निकै ढिला गरी बिमा रकम भुक्तानी गरिरहेका छन् ।

पछिल्ला दिनहरुमा भने भुक्तानीको दर बढेको बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे बताउँछन् । यसअघि कागजातहरु भेरिफिकेसन गर्नुपर्दा ढिलो भए पनि अब धेरै ढिला नहुने उनको भनाइ छ । थोरै ढिला भए पनि सबै बिमितहरुले बिमा गरेको रकम पाउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४