Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्णालीमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २९ २०७७
  • 4.9K
    SHARES

सुर्खेत । कर्णालीमा सरकारविरुद्ध नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । प्रदेशका दशवटै जिल्लामा एकसाथ सरकारविरुद्व प्रदर्शन सुरू भएको कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानिले जानकारी दिए ।

कांग्रेसले पहिलोपटक सरकारविरुद्ध प्रदर्शन गरेको छ । तनहुँमा नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहारलगायतका घटनाले सर्वसत्तावादको अभ्यासमा सरकार लागेकोले देशैभर प्रदर्शन गर्ने केन्द्रीय सर्कुलर अनुसार कर्णालीमा पनि प्रर्दशन थालेको नेता थानिले बताए ।कर्णालीका दशवटै जिल्लाहरुमा बढीभन्दा बढी कार्यकर्तालाई प्रदर्शनमा सहभागी गराइएको उनको भनाइ छ । ‘प्रदेशका दशवटै जिल्लाहरुमा दुईदेखि पाँच हजारसम्म कार्यकर्ता विरोध प्रर्दशनमा सहभागी भएको जिल्लास्थित नेताहरुबाट खबर आएको छ,’ उनले भने ।

देशका मुख्य सहर तथा जिल्लाहरुमा पार्टी पदाधिकारी तथा प्रखर वक्ताहरु खटाएको कांग्रेसले कर्णालीमा भने केन्द्रीय नेताहरु खटाएको छैन । कोरोनाका कारण केन्द्रीय नेताहरु कर्णालीमा आउन नसकेको कांग्रेसले बताएको छ ।

केन्द्रीयस्तरका नेताहरु नआए पनि जिल्ला सभापति तथा केन्द्रीय सदस्यहरुले विरोध सभालाई सम्बोधन गरेका छन् ।प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विरोध प्रदर्शनमा सुर्खेतका पूर्व सभापति तथा  पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट र सुर्खेतका सभापति कमलराज रेग्मीको सहभागीता रहेको थियो ।

हुम्लामा आयोजित विरोध सभालाई केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशसभाका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सम्बोधन गरेका छन् । सरदमुकाम सिमकोटस्थित लोकतन्त्र चोकमा आयोजित विरोध साभालाई केन्द्रीय सदस्य शाहीलगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

त्यस्तै जाजरकोट खलङ्गाको ठाँटीबजार चौतारामा आयोजित विरोधसाभालाई केन्द्रीय सदस्य हृदयराम थानीले सम्बोधन गरेका छन् ।विरोध प्रदर्शन जिल्ला स्थित सदरमुकाम केन्द्रित गरिएको छ । जसमध्ये दैलेखको टुँडीखेल, जुम्लाको कृष्ण मन्दिर चोक, मुगुको कष्णचोक, मुगुको वीरेन्द्रचोक, सल्यानको बसपार्क चोक र रुकुम पश्चिमको मालमन्दिर चोकमा बिरोध सभाको आयोजना गरिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४