Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारलाई उखु किसानको जवाफ : हाम्रो पैसा बोकेर मन्त्री माइतीघर आउनुस्


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २९ २०७७
  • 4.6K
    SHARES

 

काठमाडौं । आन्दोलनरत उखु किसानले वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।

वार्ताका लागि मन्त्रालयमा आउन टेलिफोन आएको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरि श्याम रायले बताए । वार्तामार्फत नै समस्या समाधान गर्न सकिने भन्दै सोमबार मन्त्रालयबाट उनलाई फोन आएको थियो ।

‘हामीले उधारोमा वार्ता नगर्ने जवाफ दियौँ,’ सचिव रायले भने ‘कोठामा गएर वार्ता गरेर समाधान निस्किन्न भन्ने हामीले बुझ्यौं ।हाम्रो बक्यौता बोकेर मन्त्री माइतीघर आउनुस् ।’मन्त्रालयका सहसचिव डा. नारायण रेग्मीले रायलाई फोन गरी २ बजे मन्त्रालयमा वार्तामा आउन भनेका थिए । तर उखु किसानले वार्तामा आउन नचाहेको रेग्मीले अनलाइनखबरलाई बताए ।

विगतमा पनि मन्त्रालयसँग वार्ता गर्दा किसानहरुलाई झुलाउने काम मात्रै भएको रायले बताए ।उखु किसानहरुले माइतीघर मण्डलामा आइतबारदेखि सुरु भएको धर्ना सोमबार दोस्रो दिन पनि जारी छ । बिहान ११ बजेबाट सुरु भएको आन्दोलनमा किसानहरु सडकमा बसेर आफ्ना मागहरु प्लेकार्ड मार्फत प्रर्दशन गरिरहेका छन् ।

आन्दोलनमा सर्मथन जनाउन लोकगायक बद्री पंगेनी र अधिवक्ता ओमप्रकाश अर्याल माइतीघर पुगेका छन् । उनीहरु पनि उखु किसानसँगै धर्नामा बसेका छन् ।

उखु कसान संघर्ष समितिले बक्यौता रकम नपाएसम्म आन्दोलन जारी राख्ने बताएको छ । चिनी मिलबाट किसानहरुले ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४