Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पीसीआर रिपोर्ट नेगेटिभ, फोक्सोमा कोभिड निमोनिया !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २७ २०७७
  • 8.7K
    SHARES

काठमाडौं । कोभिड-१९ निमोनियासँग मिल्दोजुल्दो लक्षण लिएर ५० वर्षीया महिला ११ मंसिरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन् । कोभिडको आशंकामा आरटी-पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो ।

एन्टिजेन टेस्ट (लक्षण देखिनुभन्दा २/३ दिन पहिलादेखि लक्षण देखिएको ५/७ दिनसम्म संक्रमण पत्ता लगाउन सक्ने र्‍यापिड टेस्ट) को रिपोर्ट पनि नेगेटिभ नै आयो । तर त्यसपछि गरिएको एन्टिबडी परीक्षण रिर्पोट भने पोजिटिभ आयो ।

पीसीआर र एन्टिजेन दुबै नेगेटिभ तर एन्टिबडी पोजिटिभ भएको बिरामीलाई कसरी कोभिड अस्पतालमा उपचार गर्ने ? हामी धर्म संकटमा पर्‍यौं’ डा. अनुप बास्तोला भन्छन् ।

कोभिडले श्रीमान सिकिस्त हुँदा हेरचाह गरेको (संक्रमितसँग प्रत्यक्ष सम्पर्क भएको) र एक्सरेमा कोभिड निमोनिया देखिएको आधारमा अस्पतालले आईसीयूमा राखेर उपचार थाल्यो । एक साता आईसीयूमा बसेकी उनी १५ दिनमा अस्प्तालबाट डिस्चार्ज भइन् ।

सुरूदेखि नै कोरोनका विरामीको उपचारमा संलग्न डा. बास्तोला भन्छन्, ‘यो घटनाले हामीलाई झक्झक्याएको छ । लक्षण भएका तर, अस्पताल ढिलो आइपुग्नेको पीसीआर नेगेटिभ देखिएपनि निमोनियाले गाँजेको हुनसक्छ भन्ने यो बलियो उदाहरण हो ।’

कोरोनको उपचार हुने धुमबाराहीस्थित हृयाम्स अस्पतालका डा. अनुप सुवेदीको अनुभव पनि डा. बास्तोलाको भन्दा फरक छैन ।

‘अस्पतालको फिभर क्लिनिकमा २/४ दिन ज्वरो भएका, खोकी लागेका र भर्खर श्वासप्रस्वासमा समस्या देखिएका बिरामी विरलै आउँछन्’ डा. सुवेदी भन्छन्, ‘अधिकांश विरामी लक्षण देखिएर सिकिस्त हुन थालेपछि मात्र अस्पताल आउने गरेका छन् ।’

यसरी धेरै ढिलो अस्पताल पुगेका कतिपयको पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ पनि आउनसक्छ । ‘सुरूको केही दिनमा पीसीआरको ‘सेन्सिटिभिटी’ धेरै हुन्छ, लक्षण देखिएको दोस्रो हप्तामा परीक्षण गर्दा ‘सेन्सिटिभिटी’ कम हुन्छ र कतिपयको पीसीआर नेगेटिभ आउँछ । तर अरु लक्षण, एक्सरे वा सिटी स्याक्नले कोभिड निमोनिया भएको देखिन्छ’ संक्रमक रोग विशेषज्ञ डा. सुवेदीले भने ।

यस्तो अवस्थामा विरामीको उपचार सुरु गर्न निकै गाह्रो हुने गरेको चिकित्सकहरूको अनुभव छ ।

कोभिड अस्पतालमा भर्ना गरौं, पीसीआर रिपोर्ट नेगेटिभ छ । पीसीआर नेगेटिभ आएको विरामीलाई कोभिडको उपचार गरेको भनेर भोलि प्रश्न उठ्न सक्छ । नन-कोभिड अस्पतालमा ‘रिफर’ गरौं भने विरामीले उपचार नै नपाउने वा सही उपचार नपाएर ज्यानै गुमाउने जोखिम हुन्छ ।

‘कोभिड निमोनियामा एन्टिबायोटिक चलाउँछौं, अरुमा चाहिन्छ’ डा. बास्तोलाले भने, ‘यस्तो बेला सही जजमेन्ट गरेर उपचार सुरु गर्न स्वास्थ्यकर्मीहरुलाई निकै गाह्रो हुन्छ ।’

समयमै परीक्षण गरौं

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ भने समयमै परीक्षण गर्नर्ुपर्ने चिकित्सकहरूको सुझाव छ । ज्वरो वा खोकी जस्ता लक्षण देखिएका छन् र ३/४ दिनमा पनि ठीक भएन भने तत्काल चिकित्सकसँग परामर्श गरेर परीक्षण गर्नुपर्छ ।

त्यसमा कोरोनाका लागि जोखिम समूह मानिएका दीर्घरोगी तथा बृद्धबृद्धाहरूप्रति बढी नै सजग हुनुपर्ने डा. बास्तोला बताउँछन् । ‘युवा उमेरका मानिसहरू हिँडडुल गर्छन्, आफूलाई असहज भएको थाहा पाउन सक्छन् । बुढाबुढीहरू जाडोमा हिंडडुल पनि गर्दैनन्, त्यसले अक्सिजन घटेको थाहा नहुन सक्छ’ डा. बास्तोला भन्छन्, ‘त्यसैले लक्षण देखिएको छ भने समयमै परीक्षण र चिकित्सकसँग परामर्श गरौं ।’

उनको सुझाव छ, ‘रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु वेस भने जस्तै भोलि आईसीयू बाहिर बसेर कुर्नुभन्दा आईसीयूमा पुग्नै नदिन सर्तक बनौं ।’

डा. बास्तोलाका अनुसार कोभिड भएर निमोनिया हुन संक्रमण भएको ८/९ दिन लाग्छ । यो अवधिमा कसैलाई ज्वरो आउने त कसैलाई खोकी लाग्ने, सुत्ने बेलामा श्वासप्रश्वासमा असहज महसुस हुने जस्ता लक्षण देखिन्छ ।

यदि शरीरमा अक्सिजनको मात्र घट्न थाल्नासाथ अस्पताल पुर्‍याइयो भने उपचार गर्न सहज हुन्छ ।

तर अवस्था गम्भीर भइसकेपछि अस्पताल पुग्दा उपचार गर्न त कठिन हुन्छ नै, कतिपयले ज्यान समेत गुमाउनुपर्ने अवस्था आउँछ । डा. बस्तोला भन्छन्, ‘पीसीआर नेगेटिभ छ भनेर वास्तै नगर्ने र पोजिटिभ आउनासाथ बिरामी भएँ भन्दै आत्तिने काम नगरौं । कडा लक्षण छन् भने अस्पताल पुग्न ढिला नगरौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४