Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रेष्ठको निधनको शोकमा कांग्रेसले एक दिन सबै कार्यालय बन्द गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २७ २०७७
  • 4.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन (२६, २७ र २८ गते) सम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केन्द्रीय कार्यालयबाट शुक्रबार तय गरिएको पूर्वनिर्धारित शोक कार्यक्रमलाई अनुमोदन गरेको हो ।

मंसिर २८ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंले भौतिक दुरी कायम गर्दै शोक सभा आयोजना गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

काठमाडौं जिल्लाका पूर्व सभापति एवम् कांग्रेस महाधिवेशन प्रतिनिधि श्यामलाल श्रेष्ठको मंसिर २६ गते ८० वर्षको उमेरमा निधन भएको थियो । उनको निधनबाट नेपाली कांग्रेस स्तब्ध र मर्माहत भएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । ‘उहाँको निधनबाट पार्टीले प्रजातन्त्रका एक अथक योद्धालाई गुमाएको छ,’ बैठकपछि कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

वि.सं. २०१८ सालमा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ परेका श्रेष्ठले पटक–पटक गरी १७ वर्षभन्दा लामो समयसम्म बन्दी जेल जीवन बिताएका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका श्रेष्ठलाई निष्ठा र सादगीपूर्ण जीवन जिउने नेताको रुपमा लिइन्छ ।

२०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ कांग्रेस उम्मेदवार बनेका उनी २०५६ सालमा कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंको सभापति बनेका थिए । वि.सं. २०७२ मा बीपी कोइराला स्मृति ट्रष्टद्वारा बीपी सेनानी सम्मानबाट उनी विभूषितसमेत भएका थिए ।

३० वर्ष लामो प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय रहेर बहुदलीय व्यवस्थाको स्थापनाका निमित्त विशिष्ट योगदान गर्ने र त्यस आन्दोलनमा सक्रिय भएका कारण पञ्चायती व्यवस्थाको दमन र प्रतिशोधमा परेका राजनीतिक पीडितहरुलाई सम्मान गर्नका लागि नेपाल सरकारबाट सन्त नेता कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीतिक पीडित सहायता समितिको सदस्यसमेत उनी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४