Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध बढाउँदै भाजपा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २६ २०७७
  • 5.1K
    SHARES

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले
काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले यतिबेला काठमाडौंमा छन् ।

केही दिन काठमाडौंमा नै रहने उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । उनी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने चौथाइवालेको भ्रमणको उद्देश्य नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गर्नु हो ।

साथै, उनको भ्रमण नेपाल र भारतको बिचमा चिसिएको सम्बन्धमा सुधार गर्न पछिल्ला दिनहरुमा भएका पहलहरुको निरन्तरताको रुपमा नै लिइएको छ ।

उनले विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीसँगको भेटमा दुई देशका जनताको बिचमा रहेको सम्बन्धलाई सुदृढ बनाउने सम्बन्धमा छलफल भएको थियो । समाचार स्रोतका अनुसार उनले ओलीसँगको भेटमा नेकपा र भाजपाको बिचमा सुमधुर सम्बन्ध चाहेको धारणा व्यक्त गरेका थिए ।

उनको भ्रमणको अर्काे उद्देश्य भनेको नेपालमा जुन दलको सरकार आए पनि भारत मिलेर काम गर्न तयार रहेको सन्देश ओलीलाई दिनु हो । अर्थात्, भारतले नेपालको सरकार परिवर्तनमा आफ्नो कुनै चासो छैन भनी ओलीलाई आश्वस्त पार्न चाहिरहेको छ ।

नेपालमा रहँदा उनले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, महामन्त्री शशांक कोइराला, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर, नेता उपेन्द्र यादव लगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

सन् २०१४ मा भारी मतका साथ सत्तामा आएको भाजपासँग नेपालका राजनीतिक दलहरुको खासै नजिकको सम्बन्ध छैन । विगतमा नेपालका राजनीतिक दलहरुको सम्बन्ध इन्डियन नेसनल कङ्ग्रेस, समाजवादी दलहरु र केही कम्युनिष्ट दलहरुसँग रह्यो ।

भाजपा सत्तामा आउनुभन्दा पहिला न उसले नेपालका राजनीतिक दलहरुसँगको सम्बन्ध सुधारमा ध्यान दियो, न नेपालका राजनीतिक दलहरुले नै भाजपासँग सम्बन्ध अगाडि बढाए । दुई देशको बिचमा विभिन्न क्षेत्रमा निकटको सम्बन्ध रहे पनि राजनीतिक तहमा भने एकदमै सीमित सम्बन्ध छ जसका कारण द्विपक्षीय सम्बन्धमा कर्मचारी र सुरक्षा संयन्त्र बढी हावी भएका छन् ।

सन् २०१४ मा भाजपा सरकारमा आएपछि सम्बन्धमा केही सुधार आएपनि त्यो एकदमै सीमित छ ।

अझै पनि नेपालका नेताहरु दिल्ली जाँदा अथवा भाजपाका नेताहरु काठमाडौं आउँदा एकदमै कम भेटघाट हुने गरेको छ । त्यसैले चौथावाइलेको भ्रमण राजनीतिक दलका नेताहरुसँगको सम्बन्ध सुधारमा केन्द्रित रहने देखिन्छ ।

यस अगाडि भाजपाका नेता राम माधव नेपालको मामिलामा हावी थिए । तर, पछिल्लो वर्षमा भाजपामा उनको प्रभाव कम हुँदै गएको छ ।

अहिले चौथाइवाले प्रधानमन्त्री मोदीसँग निकट छन् । वैदेशिक मामिलामा मोदीले चौथावाइलेसँग परामर्श गर्ने गर्दछन् ।

पछिल्लो समयमा भाजपाका प्रभावशाली नेताहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने र जुन पार्टीको सरकार आए पनि मिलेर काम गर्नुपर्ने एप्रोज लिँदै आएका छन् । उनीहरुले समग्र द्विपक्षीय सम्बन्धलाई राजनीतिबाट पृथक राख्नुपर्ने भनी नेतृत्वलाई सुझाव दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४