Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा सांसद भन्छन् – शिक्षक हत्याको जिम्मा सरकारले लिनुपर्छ !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २५ २०७७
  • 6.1K
    SHARES

विप्लव र प्रहरीको चेपुवामा मिक्लाजुङबासी

विराटनगर । मोरङको मिक्लाजुङ क्षेत्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा सांसद कुलप्रसाद साम्बा (कुशल लिम्बू) ले मिक्लाजुङ गाउँपालिका– १ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्याको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । उनले मृतकको परिवारलाई क्षतिपूर्ति दिन पनि सरकारसँग माग गरेका छन् ।

गत वर्ष मिक्लाजुङमा विप्लव समूहले तीनवटा स्काभेटर जलाएपछि त्यसलगत्तै सुरक्षाका लागि त्यहाँका सांसद र स्थानीयबासीले संघीय सरकारलाई सशस्त्र प्रहरीको बेस क्याम्प राख्न आग्रह गरेको सांसद लिम्बूले जन न्युज नेपाल खबरलाई बताए ।

‘हामीले सुरक्षाका लागि बेस क्याम्प राख्नुप¥यो भन्दा गृह मन्त्रालयले हुन्छ मात्रै भन्यो’ प्रदेश सांसद लिम्बूले जन न्युज नेपाल खबरसँग भने ‘सरकारको कमजोरीका कारण शिक्षकको हत्या भएको हो । यसको जिम्मेवारी वर्तमान सरकारले लिएर मृतकलाई सहिद घोषणा गर्नुपर्छ । र शिक्षकको परिवारलाई सरकारले क्षतिपूर्ति दिनुपर्छ ।’

दोहोरो मारमा स्थानीय

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले मंगलबार बिहान मिक्लाजुङ गाउँपालिका– १ का शिक्षक राजेन्द्र श्रेष्ठको निर्ममतापूर्वक हत्या गर्‍यो । सुराकीको आरोपमा विप्लव समूहले व्यक्ति हत्या गरेको यो पहिलो घटना हो । दुई वर्षयता विप्लव समूहले गतिविधि गर्दै आएको उत्तरी मिक्लाजुङको रमितेखोला क्षेत्रमा प्रहरीको उपस्थिति छैन । बेला–बेला पुग्ने र धेरैजसो समय गाउँमा बस्ने विप्लव समूहका कार्यकर्ताले स्थानीयलाई नै तारो बनाउने गरेको प्रदेश सांसद लिम्बू बताउँछन् ।

सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद लिम्बुका अनुसार उत्तरी मिक्लाजुङका बासिन्दा प्रहरी र बिप्लव समूहको दोहोरो चेपुवामा परेका छन् । ‘यहाँ प्रहरीको उपस्थिति छैन । हामीले पटक–पटक सशस्त्रको बेसक्याम्प राखौं भन्दा राज्यले अझै सुनेको छैन,’ लिम्बूले भने ‘प्रहरी पुगेर स्थानीयलाई विप्लवलाई किन सहयोग गरेको भन्छ, विप्लवका कार्यकर्ताले प्रहरीलाई किन सहयोग गरिस् भन्छ ।’

 मिक्लाजुङको उत्तरी विकट पहाडी क्षेत्रमा पातलो बस्ती छ । तत्कालीन माओवादी आन्दोलनका बेला प्रयोग भएको मिक्लाजुङको माथिल्लो भाग पछिल्लो समय नेत्रविक्रम चन्द समुहको सेल्टर एरिया बनेको छ । पाँचथर इलाम, धनकुटा र मोरङको सीमा क्षेत्र रहेको मिक्लाजुङमा सैन्य अभ्यास पनि हुने गरेको प्रहरीको दाबी छ ।

दसैंको मुखमा कात्तिक १२ गते त्यहाँ सैन्य अभ्यास भइरहेको सूचना पाएपछि मोरङ प्रहरीको टोली पुगेको थियो । तर, प्रहरी आउँदै गरेको थाहा पाएपछि विप्लव समूहका कार्यकर्ता भागेका थिए । प्रहरीले भरुवा बन्दुक र अन्य सामानसहित दुईजनालाई पक्राउ गरेको थियो ।

एक वर्षयता मिक्लाजुङको अवस्थाका बारेमा सरकार जानकार रहेको उल्लेख गर्दै नेकपा सांसद लिम्बूले राज्य संयन्त्रको लाचारीका कारण निर्दाेष शिक्षक मारिएको गुनासो गरे । ‘मिक्लाजुङ द्वन्द्वकालको रुकुम रोल्पाजस्तै बनेको छ’ उनले भने ‘राज्यले उपस्थिति नजनाउने हो भने भोलि जनताले बहिस्कार गर्न सक्छन् ।’

घटनापछि प्रहरी टोलीसँगै मिक्लाजुङ पुगेका सांसद लिम्बूले त्यहाँका जनता धेरै त्रसित भएको बताए । सधैं आफूहरु जाँदा गफ गर्न आउने गाउँलेहरु कोही पनि बोल्न नमानेको उनले बताए । घटनापछि गाउँले खुलेर बोल्न सकेका छैनन् । ‘प्रहरी १÷२ दिन आउँछ, त्यसपछि गइहाल्छ’ एक स्थानीयको भनाइ उधृत गर्दै उनले भने ‘प्रहरी गएपछि फेरि विप्लवका मान्छेहरु आउने होलान् ।’

मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य संघीय सरकारले समयमा नै बेसक्याम्प नराखेका कारण शिक्षकको हत्या भएको बताउँछन् । शिक्षकको हत्याको घटनाले मिक्लाजुङमा विप्लव समूहको गतिविधि बढेको पुष्टि भएको उनले बताए । ‘तीनवटा स्काभेटर जलाएपछि उत्तरी क्षेत्रमा बेस क्याम्प राख्न संघीय सरकारमा पहल ग¥र्यौं’ उनले भने ‘जनशक्ति कम छ भन्दै आलटाल हुँदै गयो ।’

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले घटनापछि संलग्नहरुको खोजी तिब्र बनाइएको बताए । छुट्टा छुट्टै प्रहरी टोली परिचालन गरी हत्यामा संलग्नको खोजी कार्य जारी रहेको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४