Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं-दिल्ली उडान खुल्यो, दुई देशका सरकारी एयरलाइन्समात्र उड्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २५ २०७७
  • 4.4K
    SHARES

काठमाडौं । नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडानको बाटो खुलेको छ । भारतले प्रस्ताव गरेको एयर ट्रान्सपोर्ट बबल स्किममा नेपाल र भारतका सरकारी एयरलाइन्स सहभागी भई उडान सञ्चालन गर्नेछन् ।

एयर बबल स्किममा नेपालले आफ्नो एक र भारतको एक वायुसेवा कम्पनीलाई उडान अनुमति दिने निर्णय गरी सहमतिका लागि भारतसमक्ष प्रस्ताव गरेको थियो । भारतले उक्त प्रस्ताव स्वीकार गरी एयर इन्डियालाई उडानका लागि तोकेको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले अब नियमित उडान गर्ने भएका छन् । कहिलेबाट उडान सुरु गर्ने भन्ने जिम्मा स्वयं एयरलाइन्सलाई दिइएको छ ।

अब नेपालबाट नेपाल एयरलाइन्सले दिल्लीका लागि एक उडान गर्नेछ । एयर इन्डियाले दिल्लीबाट काठमाडौंका लागि एक उडान गर्नेछ ।

यसरी यो रुटमा  दैनिक दुई उडान हुने गरी सहमति बनेको छ । उडान खुलेसँगै अब ९ महिनासम्म रोकिएका यात्रुले नियमित नेपाल-भारत यात्रा गर्न सक्ने भएका छन् ।

एयर बबल अवधारणा भारतले कोरोना भाइरसको संक्रमणपछि मुलुकहरुले आफ्ना नागरिकलाई लैजान सक्ने गरी ल्याएको अवधारणा हो । यस स्किमअन्तर्गत नेपाल आउने यात्रुले यात्रा थाल्नु अगाडि नै अन्तर्राष्ट्रिय ट्राभल अनलाइन फारम भर्नुपर्ने छ ।

त्यसपछि विमान बोर्डिङ हुने समयभन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुलाई मात्र नेपाल ल्याउन पाइने गरी मन्त्रिपरिषद्ले शर्त तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४