Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जो बाइडेनका छोरा हन्टर बाइडेनले कर छली गरेको भन्दै अनुसन्धानको दायरामा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २५ २०७७
  • 4.4K
    SHARES

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफूमाथि अनुसन्धान चलिरहेको जानकारी दिएका छन् । उनीमाथि कर छलीको आरोप लागेको छ । उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको छ ।

हन्टर बाइडेनले आफूले यो विषयलाई निकै गम्भीरताका साथ लिइरहेको बताउँदै आफूले करको विषयलाई कानूनी र सही ढङ्गले ह्यान्डल गरिरहेको कुरा अनुसन्धानले स्पष्ट गर्ने कुरामा आफू ढुक्क भएको बताएका छन् ।

बाइडेन–ह्यारिसको ट्रान्जिसन समूहले नव निर्वाचित राष्ट्रपतिलाई आफ्नो छोरामाथि निकै गर्व भएको जानकारी दिएको छ ।

समूहले एक बयानमा भनेको छ, ‘हन्टर मुश्किल चुनौतीसँग लडिरहेका छन् जसमा पछिल्ला महिनामा उनीमाथि एक विद्वेषपूर्ण व्यक्तिगत हमला पनि भएको छ ।’हन्टरले आफूलाई अनुसन्धानबारे मंगलबार थाहा भएको बताएका छन् । उनले योभन्दा बढी कुनै जानकारी साझा गरेनन् ।

सन् २०२० को चुनाव अभियानमा हन्टर रिपब्लिकन पार्टीको निशानामा थिए । यो वर्षको सुरुवातमा जब डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको मुद्दा चलाइएको थियो तब पिता उप–राष्ट्रपति हुँदा हन्टर बाइडेन एक युक्रेनी ऊर्जा कम्पनीको बोर्डमा समावेश थिए भन्ने विषय पनि छानबिनको दायरामा आएको थियो ।

ट्रम्पले युक्रेनमाथि हन्टर बाइडेनको अनुसन्धानका लागि दबाब दिएको र यस्तो नगरे सैन्य मद्दत रोक्ने चेतावनी पनि दिएको आरोप लागेको छ । डेमोक्रेटक पार्टीको बहुमत भएको सदनले ट्रम्पमाथि महाभियोग चलाएको थियो तर रिपब्लिकनको बहुमत भएको सिनेटमा उनी बचेका थिए । हन्टरको कर छलीको अनुसन्धानको खबर यस्तो समय आएको छ जब नव निर्वाचित राष्ट्रपति आफ्नो मन्त्रीमण्डलका लागि नाम सार्वजनिक गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४