Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप, गोल्डेन बुट र गोल्डेन बल एकैपटक जित्ने इटालियन लेजेण्ड पाउलो रोसीको निधन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २५ २०७७
  • 4.9K
    SHARES

काठमाडौं । इटालियन लेजेण्ड तथा फिफा विश्वकप फुटबलको विजेता पाउलो रोसीको निधन भएको छ रोसीको ६४ वर्षको उमेरमा मंगलबार निधन भएको हो । उनले काम गरेको आरएआई टीभीले रोसीको निधनको खबर सार्वजनिक गरेको हो ।

युभेन्ट्स र एसी मिलानका पूर्व खेलाडी समेत रहेका रोसीले सन् १९८२ मा विश्वकप जितेका थिए ।उनलाई विश्वकै उत्कृष्ट फरवार्डमध्ये एक मानिँदै आएको छ । यस्तै सन् १९८२ मा इटलीलाई स्पेनमा विश्वकप जिताउँदा उनले गरेको उत्कृष्ट प्रदर्शनका लागि पनि उनलाई सम्झिइन्छ ।

इटलीले विश्वकप फाइनलमा पश्चिम जर्मनीलाई ३-१ ले पराजित गर्दा रोसीले पहिलो गोल गरेका थिए ।उनकै ह्याट्रिकमा इटलीले उपाधिको दाबेदार मनिएको ब्राजिललाई ३-२ ले पराजित गर्दै चाँडै घर फर्काएको थियो । यस्तै सेमिफाइनलमा इटलीले पोल्याण्डलाई २-० ले पराजित गर्दा दुवै गोल रोसीले गरेका थिए ।

रोसीले विश्वकपमा गोल्डेन बुट र गोल्डेन बल दुवै अवार्ड जितेका थिए । साथै उनले त्यही वर्ष बालोन डेओर अवार्ड समेत जितेका थिए । उनले उक्त विश्वकपमा कूल ६ गोल गरेका थिए ।रोसीले इटलीका लागि ४८ खेल खेल्दै २० गोल गरे । उनले चार सिजन युभेन्ट्समा बिताउँदा दुई सिरी ए, एक युरोपियन कप र एक कोपा इटालिया जिते ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४