Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काभ्रेमा तीन हस्ती सम्मानित  दयाराम, रबिन्द्र र बिक्रम जंग शाह ।


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २१ २०७७
  • 10.2K
    SHARES

काभ्रे । संगीतकर्मी संघको काभ्रे अधिवेशनको अवसरमा कलाक्षेत्रमा लागेर समाज विकास र समाज परिवर्तनमा योगदान पु¥याउँदै आएका तीन कलाकर्मीलाई सम्मान गरिएको छ ।
मंसिर २० गते बनेपामा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष चर्चित निर्देशक दयाराम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र राष्ट्रिय संगितकर्मी संघका केन्द्रीय महासचिव एवम् कलाकार, चलचित्र निर्माता बिक्रमजंग शाहलाई सम्मान गरिएको हो ।
कार्यक्रमका अध्यक्ष नेपाल नगरपालिका संघका एवं धुलिखेल नगरपालिकाका मेयर अशोक व्यान्जुले सम्मान पत्रसहित खादा ओडाएर सम्मान गरेका थिए ।
यसै अवसरमा कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि व्याञ्जुले कला साहित्यले समाज परिवर्तनमा उल्लेख्य योगदान पु¥याएको बताउँदै स्थानी तह, प्रदेश र संघ तिनैवाटा सरकारले कलाक्षेत्रको विकासको लागि निति नै बनाएर सहयोग गर्नुपर्ने धारणा राखे । आफू पनि कलाकारिता अनि साहित्यमा निकै समय सक्रिय रहेको स्मरण गराउँदै कोभिडको महामारीको समयभित्र बाह्रवटा कथा लेखेको बताए । उनले आफू र धुलिखेल नगरपालिकाबाट कलाकारलाई सम्मान गर्दै आएको र निरन्तर गरिरहने बताउँदै कलाकारहरुको लागि आफूले सक्ने सहयोग सधैं गरिरहने प्रतिवद्धता जनाएका थिए । मेयर व्याञ्जुले कलाकारहरु कै लागि चाँडै नै धुलिखेलमा एकेडेमी बनाउन लागेको बताए ।

त्यस्तै कार्यक्रममा विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले काभ्रे जिल्लामा चलचित्र छायाँकनको मुख्य हब बनाउने योजना रहेको बताए । दाहालले काभ्रे जिल्लाभित्र चलचित्रका लागि स्टुडियो बनाउने समेत बताए । उनले चाँडै नै चलचित्र क्षेत्रको विकासका लागि काभ्रेका पालिकाहरुलाई समट्दै वृहत कार्यशाला गर्न लागेको जानकारी दिए ।
कार्यक्रममा संस्थाका पूर्व केन्द्रिय अध्यक्ष रेशम थापाले कलाकारहरु एक भई हक अधिकारका लागि लागिपर्नुपर्ने अवस्था आएको बताए । यस्तै वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले गीत संगीतमा उत्ताउलो छाडा प्रवृतिको न्युनिकरण गर्दै चेतनामुलक, समाजलाई सन्देश दिने गीत संगीत सिर्जना गर्नुपर्ने धारणा राखे । केन्द्रिय वरिष्ठ उपाध्यक्ष नमराज ढुंगानाले संगीत बिकास बोर्डको आवश्यकता औंल्याए ।
संगीतकर्मी संघमा पुनः चन्द
राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । बनेपामा सम्पन्न अधिवेशनले पुनः कलाकार निर्देशक तथा गीतकार अमरकृष्ण चन्दको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको छ ।
चन्दको अध्यक्षतामा नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सविता ढुंगाना, उपाध्यक्ष शर्मिला लामा थिङ, सचिव मधु लामा, सह सचिव अनिशा तामाङ, कोषाध्यक्ष केदार न्यौपाने, सह कोषाध्यक्ष विनिता सिंजाली मगर रहेका छन् । यस्तै सदस्यहरुमा अशोक दाहाल, भगवान खत्री, सन्तोष तामाङ, शुभद्रा ढंगाना, पुजन धिताल, सुन्दरी तामाङ निर्वाचित भएका छन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४