Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाले बिते सशस्त्रका इन्स्पेक्टर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ९ २०७७
  • 8.2K
    SHARES

सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङमा कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर) को कोरोना संक्रमणबाट मृत्यु भएको छ।

विराट मेडिकल कलेजमा उपचाररत प्रहरी निरीक्षक नवीन बुढाथोकीको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

बुढाथोकी कात्तिक २७ गते उक्त मेडिकल कलेजमा भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो।

सशस्त्र प्रहरी बल एक नम्बर बाहिनी पकलीका एसएसपी कमल गिरीका अनुसार तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ का हुन्।

उनी ३ नम्बर कंकालिनी गण मोरङ टंकिसिनवरीमा कार्यरत थिए।

वि.स. २०६८ सालमा बुढाथोकी सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गरेका थिए।

उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकलमा भर्ना गरिएको थियो।

भर्नापछि परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

स्थिति गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बुढाथोकीलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४