Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१७ मिनेटमै विवाह सम्पन्‍न


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ८ २०७७
  • 5.9K
    SHARES

महोत्तरी : सांस्कृतिक/धार्मिक परम्पराअनुसार विवाह सम्पन्न गर्न कम्तिमा दिनभर लाग्छ। तर, महोत्तरीमा १७ मिनेटमै एउटा विवाह सम्पन्न भएको छ।

बर्दीवास-१ स्थित पूर्ण व्रह्म कबीर उपासक समाज नेपालले आइतबार बर्दीवास शाखामा एक समारोहबीच धनुषा जिल्लाको नगराइन नगरपालिका-२ निवासी असेष्ठलाल कर्णकी २२ वर्षीया छोरी दीपिका कर्ण र रौतहट जिल्लाको गढीमाई नगरपालिका-९ निवासी विद्यानन्द कर्णका २६ वर्षीय छोरा सन्दीप कुमार कर्णको विवाह १७ मिनेटमा सम्पन्न भएको हो।

हिन्दु धर्ममा विवाह गर्न विभिन्न प्रकारको विधि र रिवाज पूरा गर्नुपर्ने हुन्छ। व्रह्म उपासक कल्टमा भने विवाहमा कुनै विधि अपनाइँदैन। न त पण्डित चाहिन्छ , न त फूलमाला, पोते र सिन्दुर लगाइदिएपछि विवाह सम्पन्न हुन्छ। १७ मिनेटसम्म जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको एउटा वाणी बजाउने गरिन्छ, अनि त्यही १७ मिनेट वाणी पढेर नै विवाह सम्पन्न हुन्छ।

दहेज मुक्त विवाह 

जगतगुरु तत्वदर्शी संत रामपालजी महराजको धर्मभित्र रहेर भएको उक्त विवाहमा न कुनै बैंड बाजा, न कुनै तामझाम, न कुनै प्रकारको लेनदेन (दहेज मुक्त) भयो।

सामान्य ढंगले एउटा विवाह गर्दा लाखौं खर्च हुन्छ, तर जन्ती लगेर परिवारजनकै मन्जुरीमा विवाह गर्दा पनि खर्च नलागेको बेहुली दीपिका कर्णले बताइन्। यहाँ हुने खाजाखर्च संस्थाले नै बेहोर्ने गरेको छ।

दाइजो प्रथाले आक्रान्त ठाउँ र समुदायमा जन्मिएर पनि बेहुला सन्दीप र बेहुली दीपिकाले ‘बिना दहेज’ विवाह गर्दै समाज परिवर्तनको सन्देश दिएका हुन्।

संस्थाले दहेज मुक्त अभियान चलाउँदै

तराईमा दहेजकै कारण धेरै महिलाको हत्या हुने गरेको छ भने धेरैले यातना खेप्नुपरेको छ। यस्ता कुरीतिलाई अन्त्य गर्न संस्थाले एउटा अभियान नै चलाएको देव शंकर दास बताउँछन्।

केही दिन पहिलेमात्रै पूर्ण व्रह्म कबीर उपासक समाज नेपाल, वीरगन्ज शाखाले पर्सा जिल्लाको सखुवा परसौनी-४ निवासी नित्यानन्द चौधरीकी २० वर्षीया छोरी पूर्णिमा चौधरी र महोत्तरी जिल्लाको बर्दीवास नगरपालिका-२ निवासी अंजनी चौधरीका २२ वर्षीय छोरा अजित चौधरीको पनि यसरी नै विवाह गराइदिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४