Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ८ २०७७
  • 3.6K
    SHARES

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । काठमाडौंका ५ जना, इलामका २ जना, उदयपुर, भक्तपुर, मोरङ र इलामका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।

  • मेचीनगर नगरपालिका–४, झापाकी ८२ वर्षीया वृद्धा महिलाको सोमबार बिहान विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । ज्वरो आएको र स्वास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएकी उनमा मंसिर ४ गते संक्रमण पुष्टि भएको थियो ।
  • सूर्योदय नगरपालिका–१०, इलामका ५५ वर्षीय पुरुषको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । पीसीआर रिपोर्ट पोजिटिभ आएपछि पुरुषलाई कात्तिक ३० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
  • इलाम नगरपालिका–१, इलामका २५ वर्षका पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति साढे ९ बजे मृत्यु भएको छ । मंसिर ५ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • सुुन्दरहरैंचा नगरपालिका, मोरङका ६७ वर्षका पुरुषको सोमबार विहान ६ बजेर ४० मिनेटमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक २६ गते संक्रमण पुष्टि भएका उनी मंसिर १ गते अस्पताल भर्ना भएका थिए ।
  • त्रियुगा नगरपालिका–३, उदयपुरकी ३२ वर्षीया महिलाको आइतबार साँझ ६ः३० बजे विराटनगरको म्याक्स अस्पतालमा मृत्यु भएको छ । मुटुमा पुरानै समस्या भएकी महिलाको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि गत शनिबार अस्पताल भर्ना गरिएको थियो ।
  • काठमाडौंका ७८ वर्षका पुरुषको सोमबार मृत्यु भएको छ । कात्तिक २१ गते संक्रमण पुष्टि भएका उनी निमोनियाको समस्या देखिएपछि २७ गते अस्पताल भर्ना भएका थिए । उनमा दमको रो थियो ।
  • काठमाडौंका ५१ वर्षका पुरुषको मंसिर ७ गते मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंकी ३० वर्षकी महिलाको सोमबार मृत्यु भएको छ । कात्तिक २३ गते संक्रमण पुष्टि भएकी उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन् । उनमा उच्च रक्तचाप र इन्फेक्सनको समस्या थियो ।
  • काठमाडौंका ७८ वर्षका पुरुषको मंसिर ७ गते मृत्यु भएको छ । कात्तिक २६ गते अस्पताल भर्ना भएका उनमा मंसिर ४ गते संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप र थाइराइडको समस्या थियो ।
  • काठमाडौंका ७३ वर्षका पुरुषको मंसिर ४ गते मृत्यु भएको छ । कात्तिक २३ गते संक्रमण पुष्टि भएपछि २९ गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचापको समस्या थियो ।
  • भक्तपुरका ४० वर्षका पुरुषको मंसिर ६ गते मृत्यु भएको छ । कात्तिक २९ गते अस्पताल भर्ना भएका उनमा ३० गते संक्रमण पुष्टि भएको थियो । उनमा निमोनियाको समस्या देखिएको थियो ।

* सोमबार साँझ ८ बजे अपडेट गरिएको

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४