Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो छ भारतीय विदेश सचिवको काठमाडौं कार्यसूची


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ७ २०७७
  • 4K
    SHARES

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला मंसिर ११ गते दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउने पक्का भएको छ ।

नेपाल र भारतले यस सम्बन्धी छुट्टाछुट्टै औपचारिक घोषणा सोमबार साँझ प्रेस विज्ञप्ति मार्फत गर्नेछन् । समाचार स्रोतका अनुसार भारतीय विदेश सचिव ११ गते विहान विशेष विमानद्धारा काठमाडौं ओर्लने छन् । त्यसलगत्तै उनी औपचारिक भेटघाटमा ब्यस्त हुनेछन् । सोही दिन उनले समकक्षी परराष्ट्र सचिव भरतराज पौडेलेसँग दुईपक्षीय भेटवार्ता गर्नेछन् ।

सोही दिन उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । त्यसैगरी उनले विपक्षी नेपाली कांग्रेसलगायतका दलका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन्

मंसिर १२ गते उनले नेपाल–भारत सम्बन्ध विषयक एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सोही दिन भारतीय विदेश सचिवले दुईपक्षीय परियोजनासम्बन्धी एक कार्यक्रममा सहभागी हुनेछन् ।

स्रोतका अनुसार भारतिय विदेश सचिवको भ्रमणको मुख्य उद्देश्य नेपाल–भारत संयुक्त आयोगको वैठकको तयारी गर्नु हो । दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने सो संयन्त्रको वैठक डिसेम्बर महिनाको दोस्रो साता नयाँ दिल्लीमा गर्ने तयारी छ । वैठकमा भाग लिनका लागि परराष्ट्रमन्त्री ज्ञवाली नयाँ दिल्ली जानेछन् ।

कालापानी र सुस्ता विवादलगायत विषयमा वार्ता गर्ने औपचारिक संयन्त्र परराष्ट्र सचिव स्तरीय वैठक भएपनि यस पटकको भ्रमणमा त्यस विषयमा खासै कुराकानी नहुने स्रोतले जानकारी दियो । ‘परराष्ट्र सचिव नियुक्त भएपनि यो उहाँको पहिलो भ्रमण हो, त्यसैले यो एउटा शिष्टाचार भ्रमण हो, भ्रमणका क्रममा संयुक्त आयोगको वैठकको एजेण्डाको बारेमा छलफल हुनेछ’, स्रोतले भन्यो ।

एक महिनाको अवधीमा दिल्लीबाट हुन लागेको यो तेस्रो उच्चस्तरीय भ्रमण हो । यस अगाडि भारतीय रअ प्रमुख सामन्त कुमार गोयल र भारतीय सेनापति एमएम नरवणेले नेपाल भ्रमण गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४