काठमाडौं । तनहुँकी कोरोना संक्रमित एक जना महिलाको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।
मेडिकल कलेजका निर्देशक प्रा. डा. दयाराम लम्सालका अनुसार तनहुँको व्यास नगरपालिका–८ की ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
डा. लम्सालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी रोगले समेत पीडित थिइन् ।
