Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमणबाट वरिष्ठ सर्जन मुडभरीको निधन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ७ २०७७
  • 2.1K
    SHARES

काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ ।

शर्माको ७७ वर्षको उमेर शनिबार अपराहृन ओम अस्पतालमा मृत्यु भएको हो । उनी १५ दिनयता संक्रमणसँग जुधिरहेका थिए । अस्पतालका अनुसार उनलाई कडा निमोनिया भएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो ।

तत्कालीन राजा वीरेन्द्र शाहको पालामा शाही चिकित्सकको भूमिका निभाएका उनले वीर अस्पतालमा निर्देशकका रुपमा समेत काम गरेका थिए ।

यस्तै ललितपुरकी ५६ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । उनलाई २६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वासम समस्या आएपछि २ मंसिरमा अस्पताल भर्ना भएकी थिइन् । उनी मुटुसम्बन्धी रोगका समेत बिरामी थिइन् ।

भक्तपुरका ७१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । श्वासप्रश्वासमा ममस्या भएर ५ मंसिरमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोही दिन पुष्टि भएको थियो ।

कोहलपुर नगरपालिका-११, बाँकेकी ६८ वर्षीया महिलाको शनिबार दिउँसो । भेरी अस्पतालमा मृत्यु भएको छ । स्वासप्रस्वासमा समस्या भएपछि २८ कात्तिकमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको २९ गते पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका-१३, कास्कीका ७९ वर्षीय पुरुषको शुक्रबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएका उनलाई कोरोना संक्रमण भएको २८ कात्तिकमा पुष्टि भएको थियो ।

मोदी गाउँपालिका-६, पर्वतका ६१ वर्षीय पुरुषको शनिबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल आएका उनलाई कोरोना संक्रमण भएको शुक्रबार मात्र पुष्टि भएको थियो ।

भिमाद नगरपालिका-५, तनहुँका ६६ वर्षीय पुरुषको शुक्रबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनलाई निमोनिया पनि भएको थियो ।

सियारी गाउँपालिका-४, रुपन्देहीकी ६५ वर्षीया महिलाको शनिबार दिउँसो भीम अस्पतालमा मृत्यु भएको छ । उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४