Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशका १४ सहित ४० सहकारीले पाए ‘प्रोबेसन ब्राण्ड’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ६ २०७७
  • 5.7K
    SHARES

बुटवल । लुम्बिनी प्रदेशका १४ सहित ६ वटा प्रदेशका ४० वटा सहकारीले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्राण्ड प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेश र बागमती प्रदेशबाट सबैभन्दा धेरै १४–१४ वटा सहकारीले यो ब्राण्ड पाएका हुन् । यस्तै गण्डकी प्रदेशका ५, कर्णालीका ३, प्रदेश १ का ३ र प्रदेश २ का एउटा सहकारीले यो ब्राण्ड पाउन सफल भएका छन् । सुदूर पश्चिम प्रदेशबाट कुनै पनि सहकारीले यो ब्राण्ड पाउन सकेनन् ।

नेपालस्तरको यो ब्राण्ड देशभरका १४ हजार बढी वचत तथा ऋण सहकारी संस्थाहरुमध्ये उत्कृष्ट सहकारीहरुलाई सहकारी विभाग र राष्ट्रिय सहकारी संघले हरेक वर्ष दिँदै आएको छ ।

यो ब्राण्डका लागि विभिन्न ५० वटा सूचक राखिएका छन् । तीमध्ये सबैभन्दा महत्वपूर्ण दुई सूचकहरु ऋण ५ प्रतिशतभन्दा बढी भाका नाघेमा र संस्थागत कोष ५ प्रतिशतभन्दा कम भएमा त्यस्ता सहकारी यो ब्रान्ड पाउँदैनन् ।

सहकारीहरुको दिगो विकास, व्यावसायीकरण र गुणस्तर सुनिश्चितताका लागि यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । लुम्बिनी प्रदेशबाट प्रोबेसन ब्राण्ड पाउने सहकारीहरुमा रुपन्देहीबाट देवदहको कोलिय, तिलोत्तमाको जनउत्थान र सामूहिक विकास तथा बुटवलको नमूना महिला विकास रहेका छन् ।

यस्तै प्युठानको फूलबारी, नवलपरासी पश्चिबाट लुम्बिनी, सयपत्री र हाम्रो सुपर सहकारी रहेका छन् ।

गुल्मीको लेकाली, दाङको महाप्रभु, बर्दियाको सिको र हाम्रो मध्यवर्ती राधाकृष्ण तथा कपिलवस्तुको सिनर्जी सहकारीले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन् ।

बागमती प्रदेशबाट काठमाठौंका ऐचोपैंचो र ज्ञानज्योति महिला उत्थान, दोलखाका एकीकृत फ्रेण्डसिप, जनमुखी, शिक्षक कल्याण, मकवानपुरका महिला अभियान, महिला जनचेतना, महिला मिलन, सक्रिय महिला, धादिङको श्रोत परिचालन, चितवनको लोक कल्याणकारी, भक्तपुरको सामूहिक र रामेछापको नवजागरण सहकारीले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशमा कास्कीको जनसेवा, नवलपरासी पूर्वका नवप्रगति पृथ्वी र परोपकार तथा गोरखाको सप्तकोशी र भिमकुलले यो ब्राण्ड पाएका छन् ।

प्रदेश १ को मोरङका लेटाङ, गछिया र सुन्दरपुर, कर्णाली प्रदेशको सुर्खेतका गंगामाला स्वावलम्बन, ग्रामीण र शिखर तथा प्रदेश २ को रौतहटको नव विकास वचत तथा ऋण सहकारीले प्रोबेसन ब्राण्ड पाएका छन् ।

गत वर्ष ३४ सहकारीले यो ब्राण्ड पाएकामा यो वर्ष ६ वटा थप भएका हुन् । यसअघिसम्म सहकारी विभाग र नेफ्स्कूनले संयुक्त रुपमा ब्राण्ड प्रदान गर्दै आएकोमा यस वर्ष राष्ट्रिय सहकारी संघले संघको २९ औं वार्षिक साधारणसभाका अवसरमा ब्राण्ड वितरण गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४