Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नारायणहिटीबाट गणतन्त्र स्मारक हटाउनुपर्छ : माधव नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ६ २०७७
  • 7.5K
    SHARES

मन्त्री भट्टराईको जवाफ : तत्काल हट्दैन

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटी संग्रहालयबाट गणतन्त्र स्मारक हटाउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता समेत रहेका नेपालले नारायणहिटी संग्रहालयमा गणतन्त्र स्मारक राख्नु उपयुक्त नहुने बताए । ‘गणतन्त्र स्मारकका लागि छुट्टै संग्रहालय बनाउनुपर्छ । जनताको आन्दोलन र सामाजिक आन्दोलनका कुराहरु राख्दै गणतन्त्रको बेग्लै संग्रहालय बनाउनुपर्छ’ उनले भने ।

नारायणहिटी दरबार संग्रहालयमा राजतन्त्रसँग सम्बन्धित इतिहास र त्यसको झलक मात्र राख्नुपर्ने उनले धारणा छ ।

नेता नेपालले नारायणहिटी संग्रहालयको जग्गा व्यापारिक प्रयोजनमा दिने चलखेल हुने गरेको भन्दै सचेत रहन सरकारलाई आग्रह गरे ।

विगतमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले नारायणहिटीको एक चौथाई जग्गा व्यापारिक कम्प्लेक्स बनाउन दिने प्रस्ताव गर्दा आफूले विरोध गरेको उनले दाबी गरे । ‘म आफैं, गिरिजाबाबु र रामशरण महत तीन जना बसेको बेलामा रामशरणजी अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँले प्रस्ताव राख्नुभयो– एक चौथाई नारायणहिटीलाई राखिदिने र बाँकी विजनेस कम्प्लेक्समा दिऊँ । म उहाँसँग निकै रिसाएको थिएँ’ उनले समिति बैठकमा भने ।

अगाडि थपे, ‘नारायणहिटीको सबै ठाउँ ठूलो राख्नुस् । एक हजार वर्ष पछिलाई पनि सोच्नुस् । एक सय वर्षको पुरानो चिजलाई त हामी गौरव गर्छौं भने सयौं वर्ष पुराना चिजहरुको धेरै ठूलो महत्व हुन्छ ।’

मन्त्रीको जवाफ– तत्काल  हट्दैन

जवाफमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले तत्काल नारायणहिटी संग्रहालयबाट गणतन्त्र स्मारक नहट्ने बताएका छन् । ‘गणतान्त्रिक स्मारक बनिसकेको छ’ उनले भने, ‘पछि के गर्ने हामी सोचौला तर, अहिले जे उद्देश्यले बनाइएको थियो, त्यसअनुसार चलाउने सोच छ ।’

नारायणहिटी संग्रहालयलाई नेपालको राजनीतिक संग्रहालयका रुपमा विकास गर्न खोजिएको पनि उनले बताए । ‘यसलाई नेपालको आधुनिक राजनीतिक म्युजियम, त्यहाँ पसेपछि कमसेकम नेपालको एकीकरणदेखि ज्ञानेन्द्र शाहसम्म, संविधानसभाले ज्ञानेन्द्र शाहलाई आदेश दिएको दिनसम्म आउनुपर्यो’ मन्त्री भट्टराईले भने, ‘त्यसलाई नेपालको राजनीतिक म्युजियमका रुपमा विकास गर्न खोजेका छौं ।’

नारायणहिटी संग्रहालयको महत्वलाई गणतन्त्र स्मारकले बोकेनछ भने त्यो बेला हटाउनेबारे सोच्न सकिने उनले बताए ।

नारायणहिटी दरबारको पूर्वी भागमा ३५ रोपनी क्षेत्रफलमा गणतन्त्र स्मारक बनाइएको छ, जहाँ गणतन्त्र प्राप्तिका लागि शहीदले गरेका बलिदानीको प्रतिनिधित्वका लागि चार वटा मुख्य खम्बा राखिएका छन् ।

२०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले गणतन्त्र स्मारकको शिलान्यास गरेका थिए भने १६ जेठ २०७६ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४