Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खड्कालाई फसाउने नियतले ठुलो षड्यन्त्र !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर ५ २०७७
  • 6K
    SHARES

मलाई फसाउने नियतले आरोप लगाइयो ,गुण्डागर्दी गरेर हिडेको प्रमाण देखाए राजनीति छोड्छु -खड्का ।

रामेछाप– नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ले नामाडीमा भएको घट्नामा आफ्नो कुनै पनि संलग्नता नरहेको दावी गरेका छन् ।  जन न्युज नेपाल खबर प्रतिनिधिसंगको कुराकानीमा अध्यक्ष खड्काले सडक उपभोक्ता समितिका सचिब देवराज खड्कामाथी भएको आक्रमणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दावी गरेका हुन् ।
अध्यक्ष खड्काले भने– ‘घट्ना स्थलमा म थिएँ, त्यहाँ थुप्रै मानिसहरु थिए तर कसले आक्रमण गर्‍यो मलाई थाहा छैन् । गाउँपालिकाभित्र सरकार पक्षबाटै भएका अनियमिता र भ्रष्ट्रचार बिरुद्ध आवाज उठाउँदै अएको कारण आफूलाई फसाउने नियतले आक्रमणको आरोप लगाईएको हो । त्यसमा कुनै पनि सत्यता छैन् । बासे जोड्ने सडकमा मेरो डोजर प्रयोग गर्न दवाव दिएको कारणले झजडा परेको भन्ने तथ्यहिन समाचार आएको छ । त्यो हुँदै हैन् किनकी मसँग डोजर नै छैन् ।’

उनले थपे– ‘म गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षको उम्मेद्धार पनि भएको नाताले आफ्नो वडामा आफ्नै व्यक्तिगत खर्चमा धेरै विकासका कामहरु अगाडी बढाएको छु, त्यो देखेर पनि यहाँका नेकपाका नेताहरुले मेरो राजीनिति भबिस्य समाप्त बनाउनको लागि विभिन्न जाल बुनी रहेका छन् । नामाडी घट्नाकै विषयसँगै जोडेर मलाई गुण्डाको संज्ञा दिएका छन् । यदि मैले कही गुण्डागर्दी गरेर हिडेको प्रमाण देखाए त्यही दिनदेखि राजनीति छोड्न तयार छु । ’
अध्यक्ष खड्काले आफूलाई गुण्डा भनेर लगाईएको आरोप छानविन गरी सत्यतथ्य जनता माझ ल्याउन कानूनी निकायलाई अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४