Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर ५ २०७७
  • 3.7K
    SHARES

पोखरा । पोखरामा एकैदिन ७ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको मृत्यु भएको छ । कास्कीको पाखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका-१७, कास्कीका २९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ५ मंसिरमै कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका-१३, कास्कीका ५५ वर्षीय पुरुषको शुक्रबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएका उनलाई निमोनिया भएको थियो र शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका-८, कास्कीका ५४ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल केलजमा मृत्यु भएको छ । २७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनलाई निमोनिया समेत भएको थियो ।

पोखरा महानगरपालिका-२७, कास्कीका ७१ वर्षीय पुरुषको बिहीबार राति गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आउनुका साथै निमोनिया भएका उनलाई २९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका-९, कास्कीका ६८ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका -२१, कास्कीका ७५ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

म्याग्दे गाउँपालिका-४, तनहुँका ५१ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई ३ मंसिरमा कोरोना संक्रमण देखिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४