Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालबालिकालाई कोरोना लाग्दैन भन्ने कुरा सत्य होइन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ४ २०७७
  • 5.3K
    SHARES

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) ले बालबालिका तथा युवाको एउटा सिङ्गो पुस्ताकै शिक्षा, पोषण तथा स्वास्थ्यमा दीर्घकालीन असर गर्ने एउटा अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)द्वारा प्रकाशित ‘कोभिडको कारणले सिङ्गो पुस्तामा पर्ने प्रभाव रोकथाम’ प्रतिवेदन अनुसार महामारी लम्बिँदा बालबालिकामा पर्ने असर पनि वृद्वि हुनसक्नेछ ।

‘बालबालिका कोभिड–१९ बाट विरलै संक्रमित हुन्छन् भन्ने भ्रम महामारी अवधि भरि नै व्याप्त रहेको पाइएको छ, जुन सत्य होइन’ युनिसेफका कार्यकारी निर्देशक हेनेरिटा फोरले भनिन्, ‘बालबालिका कोरोनाबाट संक्रमित हुन तथा संक्रमण फैलाउन सक्छन्, र यो सुरूवाती अवस्था मात्रै हो ।’

आर्थिक अवस्था कमजोर भएकाहरूको हकमा यसको असर झनै बढ्न सक्ने युनिसेफको निश्कर्ष छ । ‘मुख्य सेवाहरूमा हुने अवरोध तथा बढ्दो गरिबी बालबालिकाको लागि सबै भन्दा ठुलो जोखिम हो’ कार्यकारी निर्देशक फोर भन्छिन्, ‘यो संकट जति लम्बिँदै जान्छ, यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा सु–स्वास्थ्यमा पार्ने असर गहन हुँदै जान्छ । एउटा सिङ्गो पुस्ताकै भविष्य नै जोखिममा परेको छ ।’

प्रतिवेदनका अनुसार १८ कात्तिकसम्म वर्गीकृत तथ्यांक उपलब्ध रहेका ८७ देशमा कोभिड–१९ बाट २ करोड ५७ लाख मानिस संक्रमित भएका छन् । जसमध्ये ११ प्रतिशत अर्थात प्रत्येक ९ मध्ये १ जना बालबालिका वा २० वर्ष मुनिका किशोरकिशोरी छन् ।’

०७७ कात्तिकसम्मको अवस्था हेर्दा ३० वटा देशमा विद्यालय बन्द रहँदा ५७ करोड २० लाख बालबालिका प्रभावित रहेका छन् । युनिसेफको अध्ययनले आधारभूत सुरक्षाका उपायहरू अपनाएर विद्यालय सन्चालन गर्नुपर्ने फाइदा हुने देखाएको छ ।

बालबालिकाले एकअर्का वा आफूभन्दा ठूलो उमेर समूहमा भाइरस सार्न सक्ने भएता पनि विद्यालय बन्द राख्दा हुने क्षति भन्दा आधारभूत सुरक्षाका उपायहरू अपनाएर सञ्चालन गर्दा हुने फाइदा बढी भएको प्रतिवेदनमा उल्लेख छ ।

‘समुदायस्तरको संक्रमण विद्यालयबाट प्रमुख रूपमा सर्ने होइन र बालबालिकामा भाइरस सर्ने सम्भावना विद्यालयबाट भन्दा अन्यत्रबाट बढी हुन्छ’ प्रतिवेदनमा भनिएको छ ।

अध्ययनका मुख्य निष्कर्षहरूः

तथ्यांक विश्लेषण गरिएकामध्ये एक तिहाई देशमा नियमित खोप, संक्रामक बाल रोग सम्बन्धी बहिरंग सेवा र मातृ स्वास्थ्यलगायतका सेवाहरूको पहुँचमा कम्तीमा १० प्रतिशतले गिरावट आएको पाइयो, जसको प्रमुख कारण संक्रमणको डर हो ।

१३५ वटा देशमा महिला तथा बालबालिकाको लागि प्रदान गरिने पोषण सेवाको पहुँचमा ४० प्रतिशतले गिरावट आएको छ । २०७७ को मध्य कात्तिकसम्मको अवस्था हेर्दा विश्वभरिका २६ करोड ५० लाख बालबालिका विद्यालयमा प्रदान गरिने खाजाबाट वन्चित रहेका थिए भने आगामी दिनमा ५ वर्ष मुनिका २५ करोड बालबालिका भिटामिन ‘ए’ को थप मात्राबाट प्राप्त हुने जीवन रक्षक लाभहरूबाट वन्चित हुन सक्ने जोखिममा रहेका छन् ।

६५ वटा देशले यस वर्ष मध्य–भाद्रदेखि मध्य–असोजसम्म सामाजिक कार्यकर्ताले घरदैलो गर्ने क्रममा गत वर्षको सोही अवधिको तुलनामा कमी आएको जनाए ।

चिन्ताजनक तथ्यांकहरू

२०७७ कात्तिक महिनासम्मको अवस्था हेर्दा ३० वटा देशमा विद्यालय बन्द रहँदा ५७ करोड २० लाख बालबालिका प्रभावित रहेका छन्, जुन संख्या विश्वभरिका शिक्षण संस्थामा भर्ना भएका विद्यार्थीहरूको ३३ प्रतिशत हो ।

स्वास्थ्य सेवाहरूमा सिर्जना हुने गम्भीर अवरोध तथा बढ्दो कुपोषणको कारणले आगामी १२ महिनामा थप २० लाख बालबालिकाको मृत्यु हुनुका साथै २ लाख मृत शिशुको जन्म हुनसक्छ ।

 सन् २०२० मा विशेष गरी अफ्रिकाको सहारा क्षेत्र र दक्षिण एसियामा ५ वर्ष मुनिका थप ६० देखि ७० लाख बालबालिका सुकेनास वा अल्पकालीन कुपोषणबाट प्रभावित हुनेछन्, अर्थात् प्रभावित बालबालिकाको संख्यामा १४ प्रतिशतले वृद्वि भई प्रत्येक महिना थप १०,००० बालबालिकाको मृत्यु हुनेछ ।

 २०२० को मध्यसम्म आइपुग्ग्दा शिक्षा, स्वास्थ्य, आवास, पोषण, सरसफाई वा पानीको सुविधाबाट वन्चित भई बहुआयामिक गरिबीमा बाँचिरहेका बालबालिकाको संख्या विश्वव्यापी रूपमै १५ प्रतिशत अर्थात् १५ करोडले वृद्वि भएको अनुमान गरिएको छ ।

‘बालबालिकालाई खोप उपलब्ध गराऊ’

युनिसेफले बालबालिकाले पढाइ, पोषण तथा स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र सुलभ रूपमा खोपहरू उपलब्ध गराउन सरकारहरू र साझेदारहरूलाई आह्वान गरेको छ । ‘यस पटकको अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा हामीले सरकार, साझेदारहरू तथा निजी क्षेत्रलाई बालबालिकाको कुरा सुन्न र उनीहरूका आवश्यकतालाई प्राथमिकतामा राख्नको लागि अनुरोध गर्दैछौं’ फोरले भनिन्, ‘भविष्यबारे कल्पना गर्दै महामारी पछिको विश्वलाई हेर्ने क्रममा बालबालिका पहिलो प्राथमिकता हुनुपर्दछ ।’

मंसिर ५ गते अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा युनिसेफले ‘म छु नि’ नामक मानसिक स्वास्थ्य अभियान सुरू गर्दैछ । युनिसेफका अनुसार नेपालमा ५ देखि १७ वर्षका बालबालिकामा देखिएका मानसिक जटिलतामध्ये उत्सुकता तथा निराशा सबै भन्दा धेरै देखिएको छ ।

१० देखि १४ वर्षका १२ बालबालिकामध्ये १ जना र १५ देखि १७ वर्षका १० बालबालिकामध्ये १ जनामा उत्सुकताको समस्या देखिएको छ भने १० देखि १७ वर्षका बालबालिकामध्ये २ प्रतिशतमा निराशाको समस्या देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४