Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्थमन्त्री र गभर्नरबीच टेलिफोन वार्ता, कर्जा लगानीका विषयमा चासो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ४ २०७७
  • 3.6K
    SHARES

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय गरेको कर्जा लगानीका विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेले चासो राखेका छन् । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अर्थमन्त्री पौडेलले यसबारे जानकारी लिएका छन् ।

अर्थमन्त्री र गभर्नरबीच वित्तीय क्षेत्रको पछिल्ले अवस्थाबारे विहान टेलिफोन वार्ता भएको हो । कोरोनाका कारण बैंकहरुको कर्जा लगानी ठप्प भएको थियो । लकडाउन खुलेपछि असोज यता कर्जाको माग राम्रै बढिरहेको छ ।

नयाँ व्यवसायहरु शुरु हुन नसकेको र पुराना व्यवसायहरु पनि थप विस्तार हुन नसकेको बेला पछिल्लो समय बैंकहरुमा कर्जाको माग कसरी बढ्यो भन्ने विषय उठान हुने गरेका छन् । ४ वर्ष पहिले कर्जा लगानी अत्यधिक बढेको थियो ।

त्यसबेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को एक अध्ययनले कर्जा तिर्न कर्जा (लोन एभरग्रीनिङ) भएको देखाएको थियो ।

अहिले पनि त्यस्तै हुन लागेको हो कि भन्ने बैंकिङ विज्ञहरुले आशंका छ । अर्थमन्त्री र गभर्नरबीच यहि विषयमा छलफल भएको अर्थमन्त्रालय श्रोतले बताएको छ । अर्थमन्त्रीको चासोको विषयमा गभर्नर अधिकारीले अहिले त्यस्तो ठूलो समस्या नरहेको बताएका छन् ।

उनले बैंकहरुको वर्तमान अवस्थाका विषयमा आज भोलि नै बैंकहरुसँग छलफल गरेर जानकारी लिने बताएका छन् । छलफलमा अर्थमन्त्री पौडेलले उखु किसानको भुक्तानीका विषयमा पनि चासो राखेका थिए ।

चिनी उद्योगीहरुले बैंकहरुबाट ऋण लिए नलिएको भन्ने विषयमा समेत चासो राखेका थिए । यसबारे आफूले थप बुझ्नु पर्ने गभर्नर अधिकारीले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४