Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैठक सार्न ओलीले गरेको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २ २०७७
  • 4.1K
    SHARES

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पर सार्न महासचिव विष्णु पौडेलमार्फत गरेको प्रस्ताव कार्यकारी अध्यक्ष प्रचण्डले अस्वीकार गरेका छन् । बैठक सार्ने ओलीको प्रस्ताव बोकेर मंगलबार बिहान अध्यक्ष प्रचण्डनिवास खुमलटार पुगेका महासचिव पौडेललाई प्रचण्डले बैठकमै छलफल गर्ने भन्दै अस्वीकार गरेका हुन् । 

अर्थमन्त्री समेत रहेका पौडेलले प्रचण्डसँगको भेटमा समस्या समाधानको सूत्र खोजेर मात्रै बैठक बस्न उपयुक्त हुने ओलीको सन्देश सुनाएका थिए । ‘पार्टीभित्रको विवादको समाधान खोजेर मात्रै सचिवालय बैठक बसौँ। त्यसका लागि बुधबारको बैठक केही दिन पर सारौँ र सहमतिका लागि छलफल गरौँ भन्ने ओलीको प्रस्तावलाई अध्यक्ष कमरेडले अस्वीकार गर्नुभयो’, प्रचण्ड निकट एक नेताले भने, ‘अध्यक्षले बैठकको मिति भएकाले बैठक सार्नु राम्रो नुहने बरु भोलिकै सचिवालयमा बाँकी छलफल गरौंला भनेपछि महासचिव सोही सन्देश बोकेर बालुवाटार जानुभएको छ ।’ 

महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्षसँग भोलिको बैठकबारे छलफल भएको स्वीकार गरेपनि अरु केही बताएनन् । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४