Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा तीन हजारमा झर्‍यो पीसीआर टेष्ट, ५०२ मा संक्रमण पुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २ २०७७
  • 3.6K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । उनीहरुमध्ये १२४७ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८७८ जना संक्रमणमुक्त भएका हुन् ।

हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८ हजार २०७ जना होम आइसोलेसनमा छन् भने ३१८ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३३९ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २८९, ललितपुरका ३८ र भक्तपुरका १२ जना छन् ।

रुपन्देहीका ३६ जना, चितवन र पाल्पाका १८/१८ जना, मकवानपुरका १२, धनुषाका ११, नवलपुरका ९, झापाका ६, महोत्तरीका ५ बारा, नवलपरासी र बाँकेका ४/४ जना, काभ्रे, धादिङ र तनहुँका ३/३ जना, सिराहा, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, लमजुङ र गुल्मीका २/२ तथा संखुवासभा, सुनसरी, पर्सा, रौतहट, सिन्धुली, बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, दाङ, बर्दिया, कञ्चनपुर र दार्चुलाका १/१ मा संक्रमण देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४