Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्यो परेवा जुन २२ करोड रुपैयाँभन्दा बढीमा खरिद गरियो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २ २०७७
  • 6.1K
    SHARES

बेल्जियमको एक रेस परेवा सर्वाधिक १९ लाख डलरमा बिक्रि भएको छ । यो दुई वर्षको पोथी परेवाको नाम न्यू किम हो ।

सुरुमा यसलाई २३७ डलरमा लिलामीमा राखिएको थियो तर चीनका एक व्यक्तिले यसलाई १९ लाख डलरमा खरिद गरे र नेपाली मुद्रामा यो रकम २२ करोड ५९ लाख रुपैयाँभन्दा पनि बढी हुन्छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो परेवा पाल्ने कुर्त वाउवरले खबर सुनेर उनी र उनको परिवार अचम्ममा परेको बताए । यसअघि एक चार वर्षको भाले परेवा १४ लाख डलरमा बिक्रि भएको थियो ।

रेसिङ च्याम्पियन परेवाः

अरमान्डो नामको रेसिङ च्याम्पियन परेवालाई परेवाको लुईस हेमिल्टन पनि भनिन्छ । यसले अवकाश पाएपछि सन् २०१९ मा यसलाई बेचिएको थियो ।

यस्तै, न्यू किमले सन् २०१८ मा थुप्रै प्रतिस्पर्धा जितेका छ जसमा नेशनल मिडल डिस्टेन्स रेस पनि समावेश छ । त्यसपछि न्यू किम पनि रिटायर भयो । पछिल्ला केही वर्षमा चीनमा परेवाको रेस निकै लोकप्रिय भइरहेको छ । अरमान्डोजस्तै न्यू किम खरिद गर्नका लागि दुई चिनियाँ खरिददारले धेरैभन्दा धेरै बोली लगाइरहेका थिए ।

रेसिङ परेवाले १० वर्षको उमेरसम्म बच्चा पैदा गर्नसक्छ ।

यस्तो लाग्छ कि न्यू किमलाई पनि उसको प्रजननका लागि प्रयोग गरिनेछ ।

तर लिलामी  गर्नेहरुका अनुसार यसैकारण यो लिलामी थप असाधारण हुने गर्छ । लिलामी गर्ने संस्था पीपाका कार्यकारी अधिकारी निकोलासाले रोयटर्सलाई भने, ‘यो रेकर्ड मूल्य अविश्वसनीय छ किनभने यो एक पोथी परेवा हो । धेरैजसो भाले परेवाको मूल्य बढी हुन्छ किनभने यसले बढी बच्चा पैदा गर्नसक्छ ।

निकोलासका अनुसार बेल्जियममा लगभग २० हजार परेवा पालक छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४